कलेजो प्रत्यारोपणमा पुनः सफलता



अस्पतालले एक दशकदेखि मिर्गौला प्रत्यारोपणलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ भने ०७६ सालमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेको छ ।

अस्पतालको भौतिक एवं पा्रविधिक क्षमताको बिकाससँगै महिनामा एकजना बिरामीमा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको जानकारी गराईयो ।

त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण २०७६ जेठ १७ सफलता हाता पारेको थियो । त्यसैगरि २०७६ श्रावण ३ गते दोस्रो सफलता हात पारेको छ ।

अंगप्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई भारतको नयाँदिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजले मार्गदर्शन गर्नुभएको थियो । यसअघिको पहिलो प्रत्यारोपणमा भारतकै एपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सघाएका थिए ।

नेपालमा हालसम्म सरकारी र निजी गरी जम्मा ४ वटा अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पाएका छन् । सरकारीमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालले सेवा सुचार गरेका छन् ।

नेपालमा विदेशको तुलनामा एकतिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ । विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण सम्भव भएकोछ ।

चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले केही महिनाअघि कलेजो प्रत्यारोपणको अनुमति पाएको भएपनि सेवा शुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्