अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनि, सम्पूर्ण कागजात जलेर नष्ट 



विमल विष्ट, डोटी । जिल्लाको जोरायल गाउँपालिका वडान. ४ लक्ष्मी नगरमा रहेको वडा कार्यालयमा गएराती अज्ञात समूहले आगजनि गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार अज्ञात समूहले गएराती अर्थात सोमवार राती करिब १२/१ बजेको समयमा आगजनि गरेको हो ।

आगजनि किन कस्ले गर्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता तथा डिएसपी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटना स्थलमा प्रहरी टोली परिचालन भएको छ,किन र कसले आगजनी गर्यो अनुसन्धान पछि मात्रै भन्न सकिन्छ ।”

आगजनीबाट उक्त वडा कार्यालयको वडाअध्यक्ष तथा वडा सचिबको कोठामा भएका सम्पूर्ण सर समाना जलेर नष्ट भएको वडाअध्यक्ष नन्दराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आगजनीबाट म र वडा सचिब बस्ने कोठामा भएका सामान जलेका छन्,कस्ले जलायो अहिले सम्म जानकारी आएको छैन ।”

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने जोरायल प्रहरीको अनुमान रहेको छ । अज्ञात समूहको आगजनी पछि जोरायल क्षेत्रमा अहिले ठुलो संङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्