कलेजो प्रत्यारोपणमा पुनः सफलता



अस्पतालले एक दशकदेखि मिर्गौला प्रत्यारोपणलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ भने ०७६ सालमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा शुरू गरेको छ। अस्पतालको भौतिक एवं प्राविधिक क्षमताको विकाससँगै महिनामा एक जना बिरामीमा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको जानकारी गराइयो।

त्रिवि शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण २०७६ जेठ १७ गते सफलता हात पारेको थियो। त्यसै गरी २०७६ साउन ३ गते दोस्रो सफलता हात पारेको छ। अंग प्रत्यारोपण सर्जन डा. रमेश भण्डारी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई भारतको नया“दिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजले मार्गदर्शन गर्नुभएको थियो। यसअघिको पहिलो प्रत्यारोपणमा भारतकै एपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सघाएका थिए।

नेपालमा हालसम्म सरकारी र निजी गरी जम्मा चारवटा अस्पतालले कलेजो प्रत्यारोपणको अनुमति पाएका छन्। सरकारीमा भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालले सेवा सुचार गरेका छन्। नेपालमा विदेशको तुलनामा एक तिहाइभन्दा पनि कम खर्चमा कलेजो प्रत्यारोपण हुने गरेको छ। विदेशमा प्रत्यारोपण गर्दा ७० लाख रुपिया“भन्दा बढी खर्च लाग्ने गरेकोमा नेपालमा २० देखि २५ लाखमै प्रत्यारोपण सम्भव भएको छ।

चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले केही महिनाअघि कलेजो प्रत्यारोपणको अनुमति पाएको भए पनि सेवा शुरू भएको छैन।

प्रतिक्रिया दिनुहोस्