वर्षाले अधिकांश ग्रामीण सडक बन्द, यात्रुलाई सास्ती



नेपाल समाचारपत्र, पर्वत  ।
बर्षा लागेपछि पर्वतका अधिकाँश ग्रामिण सडकहरुमा यातयात बन्द हुँदा यात्रुले सास्ती भोग्न बाध्य छन ।

अधिकाँश ग्रामिण सडक कालोपत्रे नगरिएका र स्तरउन्नतीको क्रममा रहेका कारण पनि सवारीका साधन सहज रुपमा चल्न नसक्दा यात्रुले सास्ती भोग्य बाध्य भएका हुन । ग्रामिण क्षेत्रमा सवारीका साधन चल्न सक्दा सुदुर दक्षिणकाबा बासिन्दाहरु दुई लगाएर स्याङ्गजा, पोखरा हुँदै कुस्मा सम्म आउने गरेका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार कुस्माबाट लुंखु हुँदै हुवास जाने मुख्य सडक होस वा कुस्माबा फलेबास हुँदै रानीपानी पुग्ने सडक पनि बन्द छ ।

कुस्मा देखि अन्य भागमा जाने सडकहरुमा पनि पानी परेपछि घाम नलाग्दा सम्म सवारीका साधनहरु सञ्चालन हुन सक्दैनन । कच्ची सडकमा बाढी र हिलो जमेपछि सवारीसाधन चलाउन मुस्किल छ । यसले गर्दा यात्रुलाई झनै सास्ती भएको छ । अघिल्लो दिन भोर्ले, लुङ्खु हुँदै सदरमुकाम आउने यात्रुहरु फर्कनेबेला त्यस सडकमा सवारी नचलेपछि पोखरा हुँदै घर जानुपर्ने बाध्यता छ ।

जिल्लाको कुस्मा र फलेबास नगरपालिकाभित्रैका मुख्य सडकसमेत अवरुद्ध भएका छन । कुश्मा–१३ खौलालाँकुरी हुँदै कार्किटेटा पुग्ने सडक जेठमै अवरुद्ध भएपछि यात्रु पैदलै हिँड्न बाध्य भएका छन । ‘दैलामै सडक आउँदा हर्ष लागेको थियो,’ खौलालाँकुरीका पिताम्बर पौडेलले भन्नुभयो ‘गतिलो खेत मासेर बाटो बनाउन दियौं । अहिले न हिउँदमा सुख न वर्षामा ।’ हिउँदमा घरै ढाक्ने गरी उड्ने धुलो र वर्षामा हिलोले घरमा पनि बस्न गाह्रो हुने गरेको छ ।

नगरपालिका बन्न न्यूनतम पूर्वाधारभित्र पर्ने सडक सञ्जाल नै वर्षा नलाग्दै अवरुद्ध भएपछि कुश्मा र फलेबास नगरबासी समस्यामा परेका छन । सवारी साधन नचलेपछि घरमा थन्काउन बाध्य भएको ब्यबसायी बताउँछन भने केहि घण्टामै सदरमुकाम र नगरपालिकाको केन्द्रमा पुग्ने सर्वसाधारण घण्टौं पैदल हिँड्न बाध्य भएको गुनासो सर्वसाधरणको छ ।

ट्रयाक मात्रै खुलेका सडकको दुईतर्फ नाली र ग्राभेल नहुँदा वर्षाको पानी जमेर ठुल्ठुला खाडल पर्न थालेका छन । अधिकांश भिराला सडकमा बाढी पसेर सडकको ढुङ्गामाटो बगाएको छ भने गत वर्षदेखि स्तरबृद्धिको क्रममा रहेका सडकमा यात्रुलाई बढी सास्ती भएको छ । समयमा काम नसकिंदा सडक चौडा पार्ने तथा नाली बनाउन खनिएको माटो सडकमै जमेको छ । जमेको माटोमा पानी परेपछि हिलाम्य सडकमा सवारी मात्रै होइन पैदलयात्रु समेत हिँड्न मुस्किल छ ।

गण्डकी प्रदेश सरकार र स्थानिय तहले सडक स्तरउन्नतीका लागि गएको बर्ष देखि काम थालेका हुन् । केन्द्र सम्म पुग्ने सडक र जिल्लाको दुई पालिका जोड्ने सडकहरुमा बर्षा याममा यो समस्या नहट्ने महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल बताउनुहुन्छ । मुख्य सडकमा प्रधानमन्त्री रोजगार कार्यक्रम र महाशिला स्वयंसेवक कार्यक्रमका स्वयमसेवकहरुले सोलिङ्ग गरेर सवारीका साधन चलाउने प्रयास गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्