गुल्मीमा पहिरो, २ को मृत्यु, ६ बेपत्ता



काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका– ४ लिम्घामा भीषण पहिरो गएको छ । पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । भने ६ जना बेपत्ता भएका छन् ।

सोमबार राति परेको अविरल वर्षाका कारण खसेको पहिरोले एक परिवारका ६ जना वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सहायक निरीक्षक कुमारबहादुर थापाका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा सत्यवती गाउँपालिका–४ लिम्घाकी २५ वर्षीय पम्फा विक, वर्ष नखुलेकी छलि विक रहेको छन् ।

यस्तै बेपत्ता हुनेमा २५ वर्षीया मंगली विक, ३ वर्षीय सुमन विक, ७ वर्षीया तारा विक, ७ वर्षीया सिमनी विक, ६० वर्षीया छलि विक, र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्