नेपाली महिला फुटबल टोली सम्मानित



विराटनगर, (नेस) ।
विराटनगर महानगरपालिकाले नेपाली महिला फुटबल टोली, प्रशिक्षक तथा पदाधिकारीहरुलाई नगदसहित सम्मान गरेको छ ।

गएको फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म विराटनगरमा आयोजना गरिएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा उपबिजेता बनेको नेपाली टोलीलाई जनही नगद ५० हजारसहित सम्मान गरेको हो । साथै प्रशिक्षक र पदाधिकारीलाई पनि जनही ५० हजार नगद पुरस्कार दिइयो ।

महानगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रमकाबीच महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दीरा कार्कीले सम्मान गर्नुभयो ।

पाँचौ महिलासाफ प्रतियोगिता आयोजना कै दौरान महानगरपालिकाले घोषणा गरे अनुसार खेलाडी तथा टिमका सदस्यहरुलाई नगद सहित सम्मानित गरिएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले बताउनुभयो । उहांले टिमका खेलाडी सहित २६ जनालाई ५० हजार नगद सहित सम्मानित गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्