अनवान्टेड बेल



लन्डन, (एजेन्सी) ।
रियल मेड्रिडका फरवार्ड गेरेथ बेलले स्पेनी क्लब छाड्ने पक्का भएको छ । मेनेजर जिनेदीन जिदानले यसको पुष्टि गरेपछि बेलको रियलको करिअर समाप्त हुँदैछ । तर उनलाई किन्न भने कुनै टोली पनि तयार छैन । ३० वर्षीय खेलाडी अनवान्टेडको सूचीमा परेका छन् । म्यानचेस्टर युनाइटेड र टोटनह्यामले उनीमाथि कुनै चासो राखेका छैनन् ।

बेल सन् २०१३ मा ८५ मिलियन पाउन्डमा टोटनह्याम छाडेर मेड्रिडमा आबद्ध भएका थिए । यो त्यतिबेला विश्व कीर्तिमान रकम थियो । उनका पुरानो क्लब टोटनह्यामका मालिक माउरिसियो पोचेटिनोले बताए—मैले मिडिया हेरेको थिएँ तर मलाई थाहा छैन उनलाई कसले लिँदैछ । यदि हामीले लिन्छौ वा अर्को क्लबले लिन्छ मलाई थाहा छैन । यो मेरो जागिर पनि होइन।

बेलले गएको सिजन बेन्चमै बसेर सकाएका थिए । रियल ला लिगामा तेस्रो स्थानमा रहेको थियो । गत सिजनमै आयक्सले च्याम्पियन्स लिगको अन्तिम १६ मै रियललाई नकआउट गरेको थियो । जिदान फेरि रियल सम्हाल्न आएपछि त्यही समयमा बेलका एजेन्ट जोनाथन बार्नेटले बीबीसी स्पोर्टलाई भने कि खराब खबर किनभने उनी बेलसँग काम गर्न चाहँदैनन् । उनीहरुबीच खेल्न शैलीमै विवाद हुने गरेको पनि जनाएको छ ।

बेलले रियलबाट खेलेर चार च्याम्पियन्स लिग, एक ला लिगा, कोपा डेल रे र तीन युएफा सुपर कप्स र क्लब वल्र्ड कप जितेका थिए । उनले स्पेनी क्लबका लागि १ सय भन्दा बढी गोल गरेका छन् ।

चीनीया क्लबको चासो

बेललाई चिनियाँ टोली सांघाइ शेनहुआले लिन चासो देखाइरहेको छ । टोलीले हाल पाइरहेको ३ लाख ५० हजार पाउन्ड भन्दा बढी सांघाइले दिन सक्नेछ । जियांगसु सनिङ र बेइजिङ गुओनले पनि बेलले मेड्रिडमा कति कमाएको सोको अध्ययनमा लागेका छन् । तर चीनमा विदेशी खेलाडीको लागि कर लगाउने भएपछि बेल चीन पनि जान नसक्ने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्