एनआरएनए ग्रान क्यानरीयामा राजभण्डारी



दीपेन्द्र गजुरेल, स्पेन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रिय समिति ग्रान क्यानरीयाको अध्यक्षमा पवनराज राजभण्डारी सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

निवर्तमान उपाध्यक्षसमेत रहनु भएका राजभण्डारी यसअघि समितिको कार्यवाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । आइतवार सम्पन्न समितिको चौथो अधिवेशनले उपाध्यक्षमा निश्चल न्यौपाने र भीम गुरूङलाई चयन गरेको छ ।

त्यसैगरी सचिवमा श्यामकुमार खड्का र सह–सचिवमा पुष्पराज धिताल, कोषाध्यक्षमा रिना कार्की चयन हुनु भएको छ । समितिका सदस्यहरूमा आरोब अधिकारी, दीपक आचार्य, भरत सापकोटा, आलेक्कस गुरूङ, मदन खड्का, सागर अधिकारी चुनिनु हुनु भएको समितिका पूर्व अध्यक्ष तथा समाजसेवी गगन कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरिष्ठ सल्लाहकारहरूमा केशव रिजाल, शेषराज रेग्मी, दानबहादुर भुजेल, दीप श्रेष्ठलाई चुनिनु भएको छ । अध्यक्षमा निर्वाचित भएपछि राजभण्डारीले ‘नेपालीका लागि नेपाली’ भन्ने एनआरएनएको मुल नारालाई आत्मसात गर्दै नेपाली समुदायको हितमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नयाँ कार्यसमिति नेपाली समुदायको हितमा केन्द्रित हुने छ, सुख र सहज परिस्थितीमा मात्रै होइन, हरेक किसिमका दुःख र अप्ठ्यारो परिस्थितीमा पनि हाम्रो साथ र सहयोग रहनेछ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्