मोरङमा राहदानी शुल्क बापत ५ करोड ३४ लाख संकलन



सरोज यादव, विराटनगर ।
जिल्ला प्रशासन कार्यालय मोरङले राहादानी शुल्क बापत ५ करोड ३४ लाख २३ हजार ७ सय ५० रुपैया राजस्व उठाउन सफल भएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक बर्ष २०७५÷०७६ मा राहादनी बनाए बापत ५ करोड ३४ लाख २३ हजार ७ सय ५० रुपैया उठाउन सफल भएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यालयले बार्षिक रुपमा गरेको कामको गतिविधिका बारेमा जानकारी गराएको हो । यस्तै कम्पनी रजिष्ट्रेशन दस्तुरबाट १६ लाख २२ हजार राजस्व उठाउन सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो ।

हातहतियारको इजाजत पत्र दस्तुरबाट १ लाख ९६ हजार ४ सय ७५ राजस्व उठेको छ । प्रशासनिक दण्ड जरिवाना र जफत ४५ लाख ४० हजार राजस्व उठेको जानकारी दिनुभयो । यस्तै बेरुजु ३ करोड ८६ लाख रहेको छ । कार्यालयले २९ हजार ८ सय ९६ जनालाई वंशजको आधारमा नागरीकता वितरण गरेको छ । यस्तै बैवाहिक अंगिकृत नागरिकता १ हजार १ सय ११ जनालाई वितरण गरेको छ । यस्तै मुद्दा दर्ता १ हजार २ सय ९८ रहेकोमा ४ सय ९८ फैसला भएको पाण्डेले जानकारी दिनुभयो ।मापसे मुद्दा दर्ता ३ सय १७ मा सबै मुद्दा फैसला भएको पनि उहाले जानकारी दिनुभयो ।

यस्तै ६ सय ९७ अभद्र मुद्दा दर्ता भएकोमा ३ सय ३ वटा फैसला भएको जानकारी दिनुभयो । यस्तै जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक बर्ष २०७५÷०७६ मा कार्यालयलाई नमुना कार्यालयको रुपमा विकास गर्दे लगेको जानकारी दिइएको थियो । सेवाग्राही मैत्री कार्यालयको रुपमा अगाडि बढाइएको, स्तनपान कक्ष, नागरीक सहायता कक्ष, टोकन प्रणाली लागू गरेको , अपाङ्गता मैत्री कार्यालय, प्रविधि मैत्री कार्यालयको रुपमा अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताउनु भयो । यस्तै वेटिङ कक्ष, कार्यालयका सम्पूर्ण गतिविधिहरु वेभ साइडमा राख्ने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्