पत्रकार दाहालको शब्दमा तीजको काेशेली ‘मायालाई ज्यान’ दिएपछि(भिडियो)



काठमाडौँ । पत्रकार धनवीर दाहालको शब्दमा नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज विशेष गीत सार्वजनिक भएको छ । दाहालको शब्दमा अमितबाबु रोकायको समुहले तीज तीत मायालाई ज्यान बजारमा ल्याएको हो ।

क्वालीटी म्युजिकले सार्वजनिक गरेको यो गीतमा स्वर गायक तथा संगीतकार अमितबाबु रोकाय, अमृत गुरुङ र मिनु वीसीको रहेको छ । यस्तै लय अमितबाबु कै छ भने भिडियो तर्फ निर्देशन सन्जिब शाहीले गर्नुभएको छ । छायांकन सागर गौतम र सम्पादक रमित ओलीले गर्नुभएको छ । मोडलमा ध्रुर्व हिमाली, मिलन क्षेत्री, कामना मगर र सरला काफ्लेले लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्