फिमेल एक्टरको पारिश्रमिक अझै थोरै छ



बेनिशा हमाल भन्नासाथ दर्शकको आँखामा एक सुन्दर, बौद्धिक, कुशल एवं आकर्षक जिउडालकी नायिकाको तस्वीर नाच्न थाल्छ। फिल्म स्वरबाट नेपाली रजतपटमा भित्रिएकी सुन्दरी बेनिशा नेपाली मोडलिङ तथा फिल्म क्षेत्रको स्थापित नाम हो। कालो पोथी, मोक्ष, म अनि तिमी, ज्यान हाजिर छ, झ्यानाकुटी, ब्लाइन्ड रक्सलगायतका थुप्रै फिल्ममा अभिनय गरिसके पनि पछिल्लो फिल्म ब्लाइन्ड रक्सबाट उनले तारिफ मात्र पाइनन्। त्यसैबाट नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिकद्वारा आयोजित पछिल्लो संस्करणको सिजी लक्स कामना फिल्म अवार्डस्–२०७५ र हालै सम्पन्न राष्ट्रिय फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेतृको अवार्ड पनि चुमिन्। चितवनमा जन्मेकी बेनिशाले स्थानीय एफएममा आरजेका रूपमा काम गरेकी थिइन् भने पछि विभिन्न टेलिभिजनहरूमा भीजे बनेर छाएकी थिइन्। दर्जनौं म्युजिक भिडियो र विज्ञापनमा समेत मोडलिङ र अभिनय गरेर दर्शकको मनमा स्थान ओगट्न सफल उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ

मोडलिङबाट फिल्ममा आउनुभयो, मोडलिङ कसरी शुरू भएको थियो ?
चितवनमै हुँदा चितवनसम्बन्धी गीतमा अभिनय गरेको थिएँ। पछि काठमाडौं आएर विभिन्न म्युजिक भिडियोमा काम गरें। यसलाई म करिअरको पहिलो खुड्किलोका रूपमा लिन्छु। मलाई फिल्ममा आउनका लागि मोडलिङले सहयोग गरेको छ।

फिल्म करियरलाई कसरी सम्झनुहुन्छ ?
मोडलिङ गरेको एक÷डेढ वर्षपछि स्वर नामक फिल्ममा काम गर्ने अफर आयो। निर्देशक प्रसन्न पौडेल दाइको म्युजिक भिडियोमा काम गर्दा उहाँले तिमी राम्रो काम गर्दिरहिछौ भन्नुभएको थियो। पछि उहाँले नै फोन गरेर एउटा फिल्ममा तिमी जस्तै क्यारेक्टर चाहिएको छ, गर्ने हो भनेर सोध्नुभयो। स्क्रिप्ट हेरेपछि आफँ जस्तै क्यारेक्टर पाएँ र काम गर्ने निधो गरें। फिल्ममा आउनका लागि धेरै संघर्ष गर्नुपरेन। तर, आइसकेपछि भने आफँलाई स्थापित गर्न च्यालेन्ज हुँदो रहेछ।

फिल्ममा अभिनय गरेर मात्र बाँच्न सकिने अवस्था छ ?
अहिले पनि नेपाली फिल्म इन्डस्ट्रीमा फिमेल एक्टरको पारिश्रमिक थोरै छ। त्यस कारण मुभीबाटै सर्भाइभ हुन गाह्रो छ। फिमेल एक्टरका लागि सजिलो भनेको विभिन्न इभेन्ट, म्युजिक भिडियो तथा एड्भर्टिजमेन्टहरूमा काम भइरहन्छ। यसले सर्भाइभ गर्न सघाउँछ।

आफ्नो शैक्षिक यात्रालाई कसरी सम्झिनुहुन्छ ?
मैले अरूणोदय उच्च माध्यमिक विद्यालयबाट एसएलसीसम्मको पढाइ पँरा गरें। त्यसपछि शान्ता एकेडेमीबाट प्लस टु, कान्तिपुर कलेज अफ बिजनेस म्यानजेमेन्ट एन्ड ≈युम्यानिटिजबाट ब्याचलर र गोल्डेन गेटबाट मास्टर्स लेभलको पढाइ पँरा गरेकी हुँ, जसले मेरो दैनिक एवं व्यावसायिक जीवन अघि बढाउन सहज बनाएको छ।

बेनिशा हमाल

शिक्षाले तपाईंको करिअरलाई कसरी मद्दत गरेको छ ?
शिक्षा निकै महत्वपूर्ण छ। यसले के सही, के गलत भन्ने कुरा छुट्याउन मद्दत गर्छ भने एउटा कलाकारका लागि आफँ कस्तो भँमिकामा काम गर्ने या नगर्ने भनेर निर्णय गर्न सजिलो बनाउँछ। क्षणिक सोच्ने होइन, दँरदर्शी भइँदो रहेछ। अहिले म जहाँ छु, जे छु, शिक्षाकै कारण छु जस्तो लाग्छ।

अभिनय र नृत्यसम्बन्धी प्रशिक्षण पनि लिनुभएको छ कि ?
सुनील पोखरेल सरसँग अभिनयसम्बन्धी प्रशिक्षण लिएको छु। त्यस्तै गरी क्लासिकल डान्स र मार्सलआर्टको पनि प्रशिक्षण लिएको छु।

तपाईंका लागि फिट्नेस कत्तिको महत्वपूर्ण छ ?
फिट्नेस मेरा लागि बेसिक कुरा हो। स्वस्थ रहनका लागि बिहान–बेलुका समयमै खाना खाए जस्तै फिजिकल र मेन्टल हेल्थका लागि एक्सरसाइजको आवश्यकता पर्छ। विभिन्न रोगबाट बच्न र स्वस्थ तथा फिट रहनका लागि वर्क आउटको जरुरी छ। म बिहान करिब डेढ घन्टा जिममा बिताउँछु। पहिले–पहिले कार्डियो गर्थें, कार्डियोले शरीरको बोसो घटाए पनि स्किन भने लुज गराउने भएकाले हिजोआज कार्डियोभन्दा पनि वेट लिफ्टिङ गर्छु। जसले स्किन टोनका लागि राम्रो गर्छ।

तपाईंको रोल मोडेल को हो ?
मेरो रोल मोडल ममी हुुनुहुन्छ। किनभने म उहाँकै कारण फिल्म क्षेत्रमा आउन सकें। मोडलिङ गरिरहेको समयमा जब फिल्मका लागि अफर आयो, म नै फिल्म गर्छु भन्ने कुरामा स्योर थिइनँ। ममीले एक्सपिरियन्सका लागि एउटै भए पनि फिल्म गर भनेर सल्लाह दिनुभयो। काम गर्दा केही गल्ती भयो भने पनि ठिक्कै छ नि त⁄ अर्कोचोटि राम्रो गर भनेर अहिलेसमेत सल्लाह दिनुहुन्छ।

तपाईंलाई मोटिभेट गर्ने कुनै कोटेसन ?
‘कुनै पनि काम शुरू गर्न कहिल्यै ढिला हुँदैन’ भन्ने भनाइ मलाई मन पर्ने कोटेसन हो। यसबाट पाएको मोटिभेसनका कारण म कुनै पनि काम ढिला भए पनि मन लगाएर गर्छु।

तनावबाट मुक्ति पाउन के गर्नुहुन्छ ?
कुनै पनि कुराले टेन्सन भयो भने म केही बेर एक्लै बस्छु। त्यसपछि नेगेटिभ कुरा सोच्दिनँ, आफैंलाई कन्भिन्स गर्न खोज्छु। यसको साथै योग गर्छु।

यो क्षेत्रमा आउन चाहने नवप्रवेशीलाई के सुझाव दिनुहुन्छ ?
यो फिल्डमा आउन हतार नगर्नुुस्। सोचेर, बुझेर, सल्लाह लिएर मात्र आउनुस्। अहिले आफँले चाहेको कुरा सिक्नका लागि धेरै प्रशिक्षण केन्द्र छन्। त्यहाँबाट ज्ञान लिएर आउनुस्। कला क्षेत्रमा सफल हुन सुन्दर भएर मात्र हुँदैन, बौद्धिकता पनि चाहिन्छ अर्थात् ब्युटी विथ बे्रन।

ब्युटी विथ ब्रेनलाई कसरी अथ्र्याउनुहुन्छ ?
मानिसको आउटर लुकभन्दा पनि इनर ब्युटीले मिनिङ राख्छ। मान्छेको रूप कस्तो छ भन्दा पनि उसको सोचाइ कस्तो छ, मन कस्तो छ र समाजलाई उसले हेर्ने नजर कस्तो छ भन्ने कुराले अर्थ राख्छ। त्यस कारण ब्युटी भन्ने कुरा ब्रेनबाटै आउने हो। त्यसलाई बाहिरी सुन्दरताले अझ निखार ल्याउन मद्दत गर्छ जस्तो लाग्छ।

प्रतिक्रिया दिनुहोस्