जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ



बारा । जबरजस्ती करणी गरेको अभियोगमा जितपुरका एकजना पक्राउ परेका छन् ।

जितपुर सिमरा बस्ने १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका १६ टागिया बस्ती बस्ने ३० वर्षीय हिरामान मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई मोक्तानले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्