शरीर बन्धक बनाउने कार्यमा संलग्न एक पक्राउ



काठमाडौं । शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदिप कुमारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदिपले शुक्रबार दिउँसो धम्काई जबरजस्ती कुलेश्‍वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाई राखेका थिए । खबर पाप्त हनासाथ महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले किशोरीलाई उद्दार गरी प्रदिपलाई पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्