बुढो देखिने सेलिब्रेटी रहर



आफ्नो आयु कति छ, जान्ने रहर सबैलाई हुन्छ। वृद्ध उमेर कस्तो चल्ने हो त्यो चासो पनि हुने रहेछ। वृद्धावस्था, वृद्ध उमेरमा आफ्नो रूप कस्तो हुनेछ त्यो जान्ने रहर पनि मानिसमा औधी रहेछ। मंगलबार राति सग्लै सुतेका मानिस बुधबारदेखि फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा वृद्धरूपमा देखा परे। सर्वसाधारणदेखि सेलिब्रेटीसम्मका मानिस सामाजिक सञ्जालमा एकाएक वृद्धरूपमा देखा पर्न थाले।

फेस एपका माध्यमले बनाइएको तस्वीरमा सर्वसाधारणस“गै बलिउडदेखि नेपालका सेलिब्रेटीसम्म बूढो रूपमा देखा परे। उनीहरूको यस्तो रूप सामाजिक सञ्जालहरूमा भाइरल नै हुन पुगेको छ। फेस एपले वृद्धलाई तन्नेरी र तन्नेरीलाई वृद्ध रूप दिने सुविधा दिएको छ। तर, धेरैजसो मानिसले वृद्ध रूप नै छाने। सर्वसाधरणदेखि सेलिब्रेटीसम्मले वृद्ध रूप दिएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेपछि कतिपयले रातारात मानिस वृद्ध भएको भन्दै प्रतिक्रिया जनाएका छन्।

कतिपयले यसमा रमाइलो लागेको प्रतिक्रिया पनि जनाएका छन्। विभिन्न मुलुकका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको उपयोग गरिरहै बेला यसको प्रयोगकर्ताहरूको डेटा असुरक्षित भएको जनाउ“दै विशेषज्ञहरूले आगामी दिनमा प्रयोग नगर्न चेतावनी दिएका छन्। विज्ञहरूका अनुसार यो एपको प्रयोगपछि क्यामेरा रोलका सबै तस्वीरमा एपले एक्सेस प्राप्त गरी स्टोर गर्न सक्छ र आफ्नो अनुकूल गलत प्रयोग गर्न सक्छ।

हेरौं फेस एपले वृद्ध बनेका कलिउड र बलिउडका तस्वीरहरू:

प्रतिक्रिया दिनुहोस्