संगठनले आजैदेखि आर्थिक सहयोग लिन्नौँः संयोजक अनेरास्ववियु



नेपाल समाचारपत्र, काठमाडौं । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले आजैबाट संस्थागत र व्यक्तिगत रुपमा कुनैपनि निजी शैक्षिक संस्था वा विश्वविद्यालयबाट आर्थिक सहयोग लिन बन्द गरेको घोषणा गरेको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले अनेरास्ववियु मातहतका कुनैपनि कमिटी र नेता कार्यकर्ताले आर्थिक सहयोग लिएको पाइएमा संगठनको अनुसासन कारबाही हुन
चेतावनी दिनुभएको छ । संगठन संचालन गर्न पार्टीले सहयोग गर्नुपर्ने बताउदै उहाले भन्नुभयो–हामी अब उप्रान्त कुनैपनि निकायसंग सहयोग लिदैनौ । उहाले भन्नुभयो–विद्यार्थी संगठनले निजी विद्यालय, क्याम्पस र विश्वविद्यालयसंग आर्थिक सहयोग लिएको हामीमाथी आरोप लाग्दै आएको छ । अब उप्रन्त यस्तो आरोप हाम्रो संगठनलाई नआउनेगरी आर्थिक नियमावली बनाएर काम गर्नेछौ ।

नेकपाले अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी दुई संगठनलाई एकिकृत गरी अनेरास्ववियु बनाएपछि संयोजनक बनेका महरले सबैभन्दा बलियो संगठनको रुपमा रहेको अनेरास्ववियुले शैक्षिक मुद्धाका विभिन्न कार्यक्रम अघि सार्ने बताउनुभयो । पत्रकार सम्मेलनमा कक्षा १२ सम्म संचालित निजी विद्यालयले स्थानीय सरकारको मिलेमतोा छात्रवृति दिन मनोमानी गरेको बताउदै तत्काल नियम अनुसार छात्रवृति उपलब्ध गराउन माग गर्नुभयो । उहाले भन्नुभयो–स्थानीय निकायका वडा अध्यक्षले वडामा बस्ले धनाढ्यका छोरोछोरीलाई मात्र छाबवृति दिन खोजिरहेको बुझिएको छ , विभिन्न जिल्लाबाट आएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सोही वडामा बसोबास गरेको विद्यार्थीलाई मात्रै छात्रवृति उपलब्ध गराउने बताउदै दुःख दिन थालेकोमा खेद व्यक्त गर्दै संयोजक महरले तत्काल नियम अनुसार छात्रवृति दिन आग्रह गर्नुभयो । उहाले भन्नुभयो–यदी नियम अनुसार छात्रवृति नदिने विद्यालय माथी छानविन गरी छात्रवृति दिन दवाव दिनेछौ ।

उहाले त्रिवमा भैरहेको विकृतिजन्य गतिविधिप्रति आक्रोस जनाउदै राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्ने परम्परा को अन्त्य गर्नुपर्ने बताउनुभयो । छुट्टै मापदण्ड बनाएर पदाधिकारी नियुक्ति गर्न हामी सरकारसंग माग गर्दछौ–उहाले भन्नुभयो । संयोजक महर, पुर्व अध्यक्षद्धय रमेश मल्ल र माधव ढुंगेल सहितको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक महरले भन्नुभयो–शिक्षा क्षेत्रमा देखिएको विकृति र विसंगति अन्त्य गर्न अनेरास्ववियुले अभियान संचालन गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्