मेचि राजमार्ग बिहीबारदेखि बन्द



गणेश साम्पाङ, पाँचथर । मेचि राजमार्गको इलाम फिदिम खण्ड पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न ३ मा पर्ने पाङग्रे भिरमा बुधबार राती पहिरो गए पछि बिहीबार बिहान देखि सो राजमार्गमा सवारी साधन बन्द भएका छन ।

राजमार्ग बन्द भए पछि ताप्लेजुङ,खाम्दिमे,च्याङथापु,थर्पु,अमरपुर,फिदिम आठराइ तेह्रथुम देखि इलाम भापा र काठमाडौं हिडेका र झापा देखि पाँचथरको बिभिन्न स्थान फिदिम र ताप्लेजुङको बिभिन्न स्थानमा जाने सयौं यात्रीहरुले सास्ती खेप्नु परेको छ । बाटो बन्द भए पछि सो मार्गमा चल्ने सयौं सवारी साधन बाटैमा रोकिएका छन ।

बाटो बन्द भए पछि यात्रीहरुको सुबिधाका लागि माथिबाट जाने सवारीले त्यहाँ पुर्याएका यात्रीलाई तल देखि आएका सवारी साधनले लैजाने माथिका सवारी साधनले लिएर आउने गरी ब्यबस्था गरिएको छ । ठूल ठूला ढुगां सहित पहिरोे आएको पन्छाउन सडक बिभाग इलामका प्रमुखलाई जानकारी गराइएको पहिरो अवलोकन गर्न पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तिले बताउनु भयो ।

पहिरोमा ठुल ठूला ढुंगा खसेको हुनाले पन्छाउन एक दुइ दिन लाग्न सक्ने प्रजिअ बस्तिले बताउनु भयो । पहिरोका कारण स्थानीय लल्लाबीर योङहाङ र शिरध्वज योङहाङको घर समेत जोखिममा परेको छ । सो स्थानमा बन्न लागेको कलभर्ट बनाउने निमार्ण ब्यबसायीले भित्ता पटीको भागमा स्काभेटर प्रयोग गरेर खनेको हुनाले त्यस ठाउँमा पहिरो गएको सो वडाका वडा अध्यक्ष सुखबीर नेम्बाङले

प्रतिक्रिया दिनुहोस्