नाटक हेरेर थामिएन आँसु



हेटौंडा, (नेस)। नागरिकको चेतनास्तर वृद्धिका लागि लागँऔषध दुरूपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडा–९ मा नाटक प्रस्तुत गरिएको छ। लागूऔषध सेवन गर्दाको परिणाम शीर्षकमा तयार पारिएको नाटक हेर्ने क्रममा स्थानीयका आँखा रसाएका थिए।

लागँऔषध प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरलगायत विषयलाई नाटकीय दृश्यमा देखिएपछि स्थानीयले आँसु थाम्न सकेनन्। नाटक प्रस्तुत गरिरहँदा धेरै आमाका आँखाबाट आँसु खसेको थियो भने प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहित अतिथिहरू भावुक बन्न पुगेका थिए। नाटक हेर्न विद्यार्थीदेखि शिक्षक, विभिन्न संघसंस्थाका पदाधिकारी, आमा समँहलगायतका पदाधिकारी सहभागी थिए। नाटक लियो क्लब अफ हेटांैडा भुटनदेवी, पदमपोखरी युवा महिला सञ्जाल र सिआन पुनस्र्थापना केन्द्रले तयार पारेको हो।

हेटांैडा–९ वडा कार्यालय र सिआन पुनस्र्थापना केन्द्र, लियो क्लब अफ हेटौंडा भुटनदेवीलगायत एक दर्जन बढीको सहकार्यमा नाटक मञ्चनको विशेष कार्यक्रम भएको हो। वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले लागूऔषध दुरूपयोग तथा ओसारपसार न्यँनीकरणका लागि सुधार केन्द्रहरूले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै नाटकमा सही विषय चयन र प्रस्तुति राम्रो भएको बताए।

प्रतिक्रिया दिनुहोस्