परिवार मिलनका लागि अस्ट्रेलियाको कूटनीतिक पहल



सिडनी ,(एजेन्सी) ।
अष्ट्रेलियाली सरकारले बुधवार चीनलाई मुश्लिम जातिय उइघुर समुदायका एक आमा र उनका ाछेरालाई चीन छाड्न अनुमति दिन अनुरोध गरेको छ । ति बालकको पिताले आफ्नो परिवारसंग भेट्नका लागि अनुनय विनय गर्नथालेपछि अष्ट्रेलियाली सरकारले यो कदम चालेको हो ।

मानव अधिकारवादी समुहहरुले चीनले हिरासत शिविरहरुमा करिव दस लाख उइघुर र अन्य मुश्लिमलाई थुनेर राखेको आरोप लगाउँदै आएको छ । चीनले भने तिनीहरुलाई आत्ांककारी बनाउन शिक्षाका ेनाममा व्यावसायिक तालिम केन्द«हरुमा तालिम दिइने गरिएको दावी गर्ने गरेको छ ।

उइघुर अष्ट्रेलियाली सदाम अवुदुसालामुले आफ्नी पत्नी र अहिले सम्म नभेटेका आफ्ना शिशु छोरासंग सिडनीमा भेटन पाउँ भनी याचना गरेका थिए । चीनले यस अनुरोध प्ति अझै सम्म कुनै प्रतिक्रिया जनाएका ेछैन । अवुदुसलामुले आफ्नो छोरा लुत्फीका लागि अष्ट्रेलियाली नागरिकता लिन सफल भएक छन् उनकी पत्नी नादिला उमाइयर चिनिया नागरिक हुन् ।

ति उनान्तीस वर्षिय अवुदुसलामुले महिनौं देखि आफ्नो परिवासंगको पुनर्मिलनका लागि अभियान चलायाद ैआए पनि हालसालै मात्र उनको अन्तर्वार्ता विविसिले प्रशारण गरेपछि उनको परिचय खुलेको हो ।

उनले अन्तर्वार्तमा आफ्नी पत्नीलाई पश्चिमी सिन्जयांग क्षेत्रमा चीन सरकारले केहि समय हिरासतमा राखेर छाडेको पनि उल्लेख गरेका थिए । बुधवार चीनको राजधानी बेइजिंग स्थित अष्ट्रेलियाली दुतावासका अधिकारीहरुले औपचारिक रुपमा उमाइयर र लुत्फीलाई अष्ट्रेलिया आउने अनुमति दिन ची सरकारसंग अनुरोध गरेका थिए ।

अवुदुसलामुले अष्ट्रेलियाको कुटनीतिक प्रयास प्रति आफु निकै सकारात्मक रहेका ेतथा एक पिता र पतिको हैसियतमा आफुलाई अझ ैधेर ैसहयोगको आवश्यकता रहेको विविसिलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्