ओम अस्पतालमा माइक्रोवेभ एब्लेशन प्रोसिडियोरबाट मृगौलाको ट्युमरको उपचार



काठमाडौंको चाबहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ।

ॐ अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले आइसियु तथा एनेस्थेसिया बिभागका डाक्टरसाबहरूसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गर्नुभएको हो।

उहाँको दाँहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा ॐ अस्पतालका युरोलोजि बिभागका प्रमुख प्रा.डा.भोलाराज जोशीको टिम संलग्न रहेको थियो।

प्रा.डा.जोशीले यस किसिमको प्रोसिडियोर स्लो ग्रोइङ ट्युमरहरूकालागि र निकै साना साइजका ट्युमरहरूको उपचारकालागि अत्यन्त प्रभावकारी रहेको बताउनु हुँदै यस किसिमका समस्याको निदान र उपचारकालागि ॐ अस्पताल सक्षम रहेको बताउनुभयो।

एब्लेशन भनेको शरिरको भित्रि अङ्गहरूको ट्युमरका तन्तुहरूलाई तातोले डामेर बा चिस्याएर मार्ने प्रोसिडियोर हो। यो प्रोसिडियोर उमेरका कारणले, मुटुको समस्याका कारणले लगायतका बिबिध कारणले अप्रेशन गर्न नमिल्ने अबस्थाका बिरामीहरूको उपचारको बिकल्पको रूपमा गर्ने गरिन्छ।

एब्लेशन ट्युमरको साइज निश्चित सीमाभित्र रहेको अवस्थामा मात्र गर्न सकिने डा. थापाको भनाई छ। बिभिन्न कारणले सर्जरी गर्न नमिल्ने अबस्थाका बिरामीहरूको उपचारकालागि बिकल्पका रूपमा प्रयोग गरिने यस प्रोसिडियोरमा अल्ट्रासाउण्ड र सिटि स्क्यानका लाईभ तस्वीरहरू हेर्दै, प्रोब (बिशेष किसिमको सुई) को माध्यमबाट एब्लेशन मेसिनको बिशेष यन्त्रलाई ट्युमरसम्म पुर्याएर ट्युमरका तन्तुहरूलाई डामेर बा चिस्याएर मार्ने गरिन्छ।

एब्लेशन बिशेष गरी कलेजो तथा फोक्सोको उपचारमा प्रयोग गरिने गरिदै आएकोमा पछिल्लो समयमा मृगौला, फोक्सो, स्तन, पाठेघरका ट्युमरको

उपचारकालागि समेत प्रयोग गरिन थालिएङ्को छ। यो नयाँ अध्ययनहरूपछि आएको सफल बिषय हो।

कलेजो तथा फोक्सोको ट्युमरको उपचारकालागि यस किसिमका एब्लेशन पहिले गरिसकिएको भएपनि मृगौलामा रहेको ट्युमरको उपचारकालागि भने नेपालमा पहिलोपटक ॐ अस्पतालमा यो प्रोसिडियोर गरिएको डा. अजित थापाको दाबी छ।

उहाँले यो प्रोसिडियोर सफल बनाउन साथ दिनुहुने प्रा. डा भोलाराज जोशीको टिमका युरोलोजिष्ट डा. सुजित पौडेल, एनेस्थेसिया तथा क्रिटिकल केयर मेडिसिनका डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. उत्सव आचार्य लगायतका सबैप्रति कृतज्ञता ब्यक्त गर्नुभएको छ।

दुई दशक अघिदेखी नेपालको स्वास्थ्य उपचार क्षेत्रमा नीजि क्षेत्रबाट महत्वपूर्ण योगदान दिदै आएको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा मुलुकका दक्ष अनुभवि र ख्यातिप्राप्त चिकित्सकहरूको टोली, दक्ष तथा अनुभवि नर्सिङ स्टाफहरू सँगै बिश्वस्तरिय उपचार उपकरणहरूको उपलब्धताले यस किसिमका जटिलतम प्रोसिडियोरहरू पनि सहज हुने गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजि कार्कीले बताउनुभएको छ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. के.पि. देबकोटाले स्वास्थ्य समस्याको निदान र पहिचानका लागि अस्पतालमा रहेको दक्ष तथा अनुभबि बिशेषज्ञ सहितको अत्याधुनिक रेडियोलोजि तथा ल्याबोरेटरी, उपचारका क्रममा आउने जटिलता तथा सघन उपचरको जुनसुकै आवश्यकता पुरागर्न अत्यन्त दक्ष सघन उपचार बिशेषज्ञको

नेतृत्वमा संचालित बिश्वस्तरिय सघन उपचार कक्ष ( आइसियु रहेकाले यस किसिमका जुनकुनै चुनौतीहरू सामना गर्न सहज भएको बताउनु भएको छ। (ॐ अस्पतालमा कार्यरत डा. थापाले भारको नयाँ दिल्लीस्थित मेदान्त अस्पतलबाट इन्टरभेन्सनल रेडियोलोजिमा फेलोसिप गर्नुभएको छ।)

प्रतिक्रिया दिनुहोस्