ललितपुरको बजेट पारित



ललितपुर, (नेस)
ललितपुर महानगरपालिका चौथो नगरसभाले आगामी आर्थिक वर्ष २०७६∕२०७७ को लागि ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ ।

नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७६∕२०७७ को बजेटमा पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा संरक्षण, हरियाली संरक्षणलाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो– ‘पूर्वाधार निर्माणसँगै, हरियाली प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छौं । ’

विकास सूचकांकको आधारमा महानगरपालिकाले वडाहरुलाई तीन किसिममा वर्गीकरण गरि बजेट छुट्याएको छ । पहिलो किसिममा परेका वडालाई १ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । यसअन्तर्गत महानगरका वडा नं १, ६ ७, ८, १०, ११, १९ रहेका छन् । दोस्रोमा परेका वडालाई २ करोड छुट्याइएको छ । यस अन्तर्गत २, ३, ४, ५, ९, १३, १४, १५, १७ छन् ।

तेस्रो किसिममा परेका वडाहरुलाई २ करोड ७५ लाख छुट्याइएको छ । जसमा वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ पर्छन् । मेयर महर्जनले महानगरका सबै वडामा विकास समान गतिमा नभएकाले वर्गीकरण गरी विकास खर्चको आवश्यकताअनुसार बजेट छुट्याएको बताउनुभयो । महानगरपालिकामा २९ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्