हरिवंशलाई बूढो हुन मन छैन



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य केवल हास्यव्यंग्य प्रस्तुति र अभिनयमा मात्र सीमित छैनन्। उनी बेलाबेलामा रमाइला, जीवन भोगाइ र सामाजिक गीत पनि ल्याइरहन्छन्।

यसै क्रममा हरिवंशले पछिल्लोपटक वृद्धवृद्धाको अनुभव र मानसिकतालाई समेटेर बँढो हुन मन छैन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

मह सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा स्वर हरिवंश आचार्यको रहेको छ भने संगीत संयोजन जीवित जलामीको रहेको छ। गीतको म्युजिक भिडियोमा हरिवंशको साथमा नरेन्द्र कंसाकारको अभिनय रहेको छ।
भिडियोमा बुढेसकालदेखि वाक्क भएका भावमा हरिवंश भन्छनः

बँढो हुन मन छैन लौन के गर्नु लौन के गर्नु
न उमेरलाई ब्याक गर्नु न प्याक गर्नु।
चाउरी प¥या छालालँई न त तन्काउनु
न धमिलो आँखालाई कतै थन्क्याउनु।
कानको काम मात्रै भयो चस्मा अड्काउनु
केही कुरो बुझिँदैन कति कराउनु।
हास्य शैलीका साथमा भावुक दृश्यहरूलाई समेट्दै हरिवंश भिडियोमा गाउँछन्।
सारंगी रेटौला मौका मिले जवान बनौंला
कुप्रो प¥या ढाडलाई न त सोझ्याउनु
न बागेंको घुँडालाई ट्वाक्क हिर्काउनु।
आलुजस्तो तालुलाई न त पकाउनु
न २०, ३० वटा रौं खोजी कालो लगाउनु।
कवाब खान मन लाग्छ केले चपाउनु
न कुकरमा सिठी लगाई खोले बनाउनु।
मनमनै पञ्चे बाजा कति बजाउनु
बाजे भन्छन् तरुनीको नजिक के जानु।
फोटो खिच्न मन लाग्छ कलाई देखाउनु
योंग बेलाको फोटो हेरी कति टोलाउनु।
थरथर थरथर स्वर काम्छ गीत के गाउनु
लठ्ठी टेक्दै रोदी घरमा नाच्न के जानु।
बँढो भैयो लौन नि मैले के गर्नु
न उमेरलाई ब्याक गर्नु न त प्याक गर्नु।
जिउको रगत झिकी कति जचाउनु
भित्री कुरो डाक्टरलाई कति बताउनु।
बम्फु लगाई ब्लड प्रेसर कति जचाउनु
यो गिजाले ओखती कति चपाउनु।
हरिवंशले पँरै गीत बुढ्यौली स्वरमा गाएका छन्। भिडियोलाई दाल भात तरकारीका निर्देशक सुदन केसीले निर्देशन गरेका छन् भने दीर्घ गुरुङले छायांकन र नहकुल खड्काले सम्पादन गरेका छन्।

भिडियोलाई रिलिज भएको ५ दिनभित्र सवा २ लाख बढीले हेरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्