नदीपार गर्न पोलिथिन ब्यागको प्रयोग



हनोई, (एजेन्सी) ।
उत्तरी भियतनामको हुओइ हा गाउँमा बच्चाहरु सुकेको लुगामा स्कुल जान आफनो ज्यान जोखिममा हालेर नदी पार गर्छन् । बर्षाको मौसममा जब नाममा नदीको स्तर बढ्छ, बच्चाहरुलाई पारीको स्कुल पुर्याउन एक पोलिथिनमा बन्द गरि पौडीबाजले तानेर पार गराइदिन्छ ।

गाउँका प्रमुख गोइंग यस जोखिमपुर्ण बाध्यतालाई लिएर गुनासो गर्दै भन्छन्– यो अत्यन्त खतरनाक हो , तर हामीसँग यो बाहेक कुनै विकल्प पनि छैन । बर्षाका दिनमा नाममाको जलस्तर बढ्छ । बाँसबाट बनाइएको अस्थायी पुल बगाइसकेको हुन्छ । यसतोमा नदि पौडेरमात्र पार गर्न सकिने हुन्छ ।
बच्चाहरुको युनिफर्म नभिजियोस र फोहर नहोस् भन्ने हेतुले यसतो तरिका अपनाइएको एक स्थानियले बताए ।

पोलिथिनमा थुनेर नदि पार गराउनु जोखिमले भरिएको गोइंगले बताए । बच्चाहरुलाई बग्ने वा पोलिथिन ब्यागमा बेहोस हुने डर हुन्छ । नदीमा छाल बढेको र त्यसमा हिलोको मात्रा बढेको बेला झन खतरा हुने उनी बताउँछन् । कुनै बेला पौडीबाजबाट पनि चुक हुन सक्छ । सरकारले पैसा खर्च गरि नदिमा झोलुंगे पुल निर्माण गर्नेछ भन्ने आफुले अपेक्षा गरेको उनले ब्यक्त गरे । यसबाट ग्रामिण वासिन्दालाई राहत पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्