रातो पाण्डाको छालासहित ३ जना पक्राउ



काठमाडौं । रातो पाण्डाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका २९ मैतीदेवीस्थित घट्टेकुलोबाट रातो पाण्डाको २ थान छाला सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका(५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका(२ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा।२ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा प्रहरीले लुकाई राखेका छाला फेला परेको थियो ।

ट्याक्सीमा सवार निमा गोलु, निमा दावा र ट्याक्सी चालक अनुपलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले ट्याक्सी सहित पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्