बालबालिकाद्वारा चोरिएको कारमा नौ सय किमि यात्रा



सिडनी, (एजेन्सी) ।
फिसिंग रड र पैसा बोकेका चारजना बालबालिकाले एउटा चोरिएको कारवाट अष्ट्रेलियामा अवैध तरिकाले ९ सय किमि भन्दा लामो यात्रा तय गरेको प्रहरीले जनाएको छ ।

दस देखि चौंध वर्ष उमेर समुहका तीन बालक र एक बालिकालाई आइतवार न्यु साउथ वेल्सको ग्राफ्टन शहरमा सकुशल फेला पारिएको प्रहरीले जनाएको छ । यसै साताको केहि दिन अघि तिनीहरु क्विन्सल्यानडको ग्रेसमेरबाट हिँडेका थिए । तिनीहरु मध्ये एकजना बालकले आफुहरु यात्रामा निस्केको सन्देश लेखेर छाडेका थिए ।

प्रहरीले परिचय नखुलाइएका तिनीहरुलाई आपराधिक अभियोग लगाइने बताएको छ । तर कस्तो प्रकारको अभियो भन्ने खुलाइएको छैन । तिनीहरु एउटे परिवारका सदस्य नभएको तथा समुहका एकजनाले आफ्नै परिवारको कार चोरेको बताइएको छ ।

करिव १ सय ४० किमि दूरी पार गरिसकेकपछि आइतवार विहान सवेरै तिनीहरुले बनाना शहर स्थित एउटा सर्भिस सेन्टरमा कार रोकेर पेट्रोल चोरेको पनि प्रहरीले जनाएको छ । सो सर्भिसका एक कर्मचारीले सिडनीको अखवार डेली टेलिग्राफलाई भनेका छन् , ‘ सामान्य रुपमा आइपुगेको कारबाट निस्केका एक व्यक्तिले पेट्रो भर्दै गरेको सिसिटिभिमा देखिएको छ । त्यो व्यक्ति निकै होचो थिए ।

अफिसको झ्याल सम्म पनि उनको उचाईले नछोएको देखिन्छ । ’ सोही कर्मचारीको उजुरीको आधारमा अनुसनधान गर्दै जाँदा सोही दिन प्रहरीले ग्राफटन शहर नजिकको ग्लेन एन्नेस त्यो कार फेला पारेको थियो ।
तर ड्राइभरको उमेरलाई ख्यालमा राख्द ैप्रहरीले कारलाई नलखेटेको बताइएको छ । न्यु साउथ वेल्स प्रहरीका अधिकारी डार्रेन विलियम्सका अनुसार पछि सो कार गा्रफ्टनको सडकमा फेला परेको थियो ।

ति बालबालिकाहरुले ढोका थुनेर कार भित्र बस्दै गरेकाले ऐना फुटाएर तिनीहरुलाई नियन्त्रणमा लिइएको थियो । विलियम्सले तिनीहरुले पालै पालो कार चलाएको अष्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेसनलाई बताएका छन् । प्रहरीले तिनीहरुका अभिभावकहरुको उपस्थितीमा मात्र तिनीहरुलाई सोधपुछ गर्ने बताएको छ । न्यु साउथ वेल्स र क्विन्सल्यान्डमा चालक अनुमति पत्र लिनका लाथि सत्र वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्