अनुसन्धान आयोगलाई जुमाको गुनासो



जोहान्नेसवर्ग, (एजेन्सी) ।
दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति ज्याकोव जुमाले एकजना न्यायधिशको नेतृत्वमा रहेको अनुसनधान आयोगलाई सोमवार आफुलाई राजनीतिक वृत्तबाट हटाउने उद्देशयले षडयन्त्रपुर्वक भ्रष्टाचारको अभियोग लगाइएको गुनासो गरेका छन् । उनी पहिलो चोटि सो आयोग समक्ष प्रस्तुत भएका हुन् ।

उनीमाथि आफ्नो कार्यकालमा अनगिन्ती भ्रष्टाचारका घटना घटाएको अभियोग लगाइएका छन् । उनी अनुसनधानका लागि आयोगको कार्यालयमा उपस्थित हुादा उनका समर्थकहरुले अभिभावदन गर्दै स्वागत गरेका थिए ।

७७ वर्षिय जुमालाई सन् २०१८ को फेबु्रअरीमा राष्ट्रपति पदबाट राजिनामा दिन बाध्य बनाएको थियो । तत्कालिन उप राष्ट्रपति रहेका सिरिल रामाफोसाले उनकोे स्थान सम्हालेका थिए ।जुमाको नौ वर्ष लामो कार्यकाल त्यसै खेर गएको बताउने रामाफोसाले दक्षिण अफ्रिकामा भ्रष्टाचारको अन्तय गर्ने प्रतिवद्धता जनाएका थिए ।

जुमा माथिको अभियोगहरु उनको विवादास्पद व्यापरी गुप्ता परिवारसंगको सम्बन्धमा केन्दि«त रहेको छ । सो परिवारलाई भ्रष्टाचारको माध्यमबाट निकै फाइदाजनक टेन्डरहरु हात पार्न मन्त्रीमन्डललाई प्रभावित गर्ने गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्