फिल्ममा रातो गलबन्दी



रातो गलबन्दी नामक फिल्म साउन १७ गते रिलिज हुने भएको छ। मनिषमा फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्मको फस्र्टलुक पोस्टर र शीर्ष गीत एकसाथ सार्वजनिक गरिएको हो।

नवनिर्देशक अनिश थापाले निर्देशन गरेको फिल्म सामाजिक प्रेमकथामा बनेको छ। फिल्ममा केकी अधिकारी, कोशिस क्षत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन्। हिमाल कडरिया र दुर्गा बस्नेतद्वारा निर्मित फिल्मको शीर्ष गीतमा राजेशपायल राई र श्रेया राईको स्वर छ। गोविन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका छन् भने संगीत विनोद खुम्बुले सृजेका हुन्। प्रकाश दुलाल कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा वासुदेव घिमिरे, अमृत अम्गाई र रामकृष्ण घिमिरे छन्।

पूर्वी नेपालका विभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र यूएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन्। सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन। फिल्मको कथा हिमाल कडरियाले लेखेका हुन् भने स्क्रिप्ट किरण माइकलको हो। फिल्मले अत्यधिक मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत प्रभाव गर्ने दाबी निर्माण पक्षले गरेको छ।

प्रतिक्रिया दिनुहोस्