विमानस्थलमा आरामदायी आधुनिक क्याप्सुल कक्ष



*** Local Caption *** xiaoshanjichang

बेइजिंग (एजेन्सी)
चीनको जेझियांग प्रान्तको होंगझोउ इन्टरनेसनल विमानस्थलमा यात्रीहरुको सुविधाका लागि आरामदायी क्याप्सुलका ८ कक्ष राखिएका छन् । यात्री यसभित्र बसेर आराम गर्न सक्छ । यो क्याप्सुल आधुनिक सुविधाबाट सुसज्जित छ । यसमा आराम गर्न ठुलो र आरामदायी कुर्सी राखिएको छ ।

यसभित्र मोबाइल,ल्यापटप चार्ज गर्ने लगायत इन्टरनेटको पनि सुविधा दिइएको छ । विमानस्थलका अधिकारीहरुका अनुसार एक क्याप्सुलले तीन बर्ग मिटर क्षेत्रफल ओगट्छ । यसमा प्रवेश गर्ने ढोका क्युआर कोड स्क्यान गरेपछि मात्र खुल्छ ।

हाेंगझोउ इन्टरनेसनल विमानस्थलमा यस क्याप्सुल केबिनलाई एयरपोड नाम दिइएकोछ । यसको खास विशेषता भनेको यसमा राखिएको बस्ने आरामदायी कुर्सीका रहको एक बटन दबाएपछि यो सुत्ने पलंगमा परिणत हुन्छ । यस पक्रारको अवधारणा पहिले नै युरोपियन युनियन (ईयु)का विमानस्थलमा आइसकेका छन् ।

यो आराम कक्षमा यात्रुले आफना लगेज र बाँकी आवश्यक सामान पनि राख्न सक्ने ठाउँ छ । साथै आराम गर्ने क्रममा उडानको जानकारी लिनका लागि क्याप्सुल बाहिर निस्कन पनि आवश्यक छैन । इन्टरनेटको सुविधा भएकोले सबै अपडेट पाउन सकिन्छ ।

यसका साथै यो सानो एयरपोडमा हाइस्पिड वाईफाई, एयर फ्रेस्नर, एयर कन्डिसनर र पावर सर्किट जस्ता सुविधा पनि लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्