एक झुप्पा अंगुरको मूल्य १० हजार डलर



टोक्यो (एजेन्सी)
जापानमा रातो अंगुरको एक झुप्पाको मुल्य करिब १० हजार ५ सय अमेरिकी डलर पुगेको छ । मंगलबार भएको लिलाममा उक्त किर्तिमान मुल्य कायम भएको हो । विशेष प्रजातीको यो एक अंगुरको तौल करिब २० ग्राम हुने गर्छ ।
१२ बर्ष पहिला अंगुरको यो विशेष प्रजातीलाई इसिकावा प्रान्तको सरकारले विकसित गरेको थियो । जापानमै पनि यसलाई विशेषगरी धनाध्यहरुको फलका रुपमा लिइन्छ ।

जापानमा यसलाई रुबी रोमनको नामबाट चिनिन्छ । यसको स्वाद अत्यन्तै मिठो र रसिलो हुन्छ । साथै केही अमिलो पनि हुनेगर्छ । रुबी रोमन जापानमा विलासी फलफुलमा पर्छ, यसलाई यहाँ शुभ अवसर वा ब्यापार प्रबद्र्धनका क्रममा उपहारका रुपमा दिने गरिन्छ ।

यसको माग अत्यधिक भएकोले उक्त झुप्पा अत्यन्तै महँगोमा विक्रि भएको लिलाम गर्ने एक अधिकारीले बताए । जापानमा यो फल सजिलै पाउन गाह्रो हुन्छ । रुबी रोमको उक्त झुप्पा जापानको एक कम्पनी ह्याकुराकुसोले किनेको हो ।

यस प्रकारका फलको उत्पादन हुन थालेको १२ बर्ष पुरा भएको लिलामका अधिकारी तकासी होसोकावाले बताए । यस अवसरमा खुसी मनाउन चाहेकोले उक्त अंगुर लिलाम गरिएको उनले थपे । एक कृषी एजेनसीले उसको रुबी रोमनका २६ हजार झुप्पा सेप्टेम्बर सम्ममा निर्यात गरिने जानकारी दिएको छ ।
जुलाईको सुरुवाटै तापक्रममा तिब्र बृद्धी भएकोले लिलामका लाग हतार गरिएको हो । उच्च तापक्रममा यसको गुणस्तर खराब होला भन्ने फार्मिंग कम्पनीलाई चिन्ता थियो ।

प्रतिक्रिया दिनुहोस्