बेलायतको अर्को युद्धपोत



EDITORS’ NOTE: Reuters and other foreign media are subject to Iranian restrictions on leaving the office to report, film or take pictures in Tehran. A Nour missile is test fired off Iran’s first domestically made destroyer, Jamaran, on the southern shores of Iran in the Persian Gulf March 9, 2010. A newly inaugurated Iranian destroyer test fired a surface-to-surface missile in the Gulf on Tuesday, Iran’s Fars news agency reported. REUTERS/Ebrahim Noroozi/IIPA (IRAN – Tags: POLITICS MILITARY IMAGES OF THE DAY) – RTR2BF80

वाशिङट्न, एजेन्सी

बेलायतले इरानी डुंगाद्वारा बेलायती सुपरट्याँकरलाई निसाना बनाएपछि बढेको तनावबीच खाडीमा अर्को युद्धपोत पठाउने जनाएकोछ । चर्चित तथा ब्यस्त तेल मार्ग रहेको उक्त खाडी क्षेत्रमा निगरानीको स्तर बढाउन उक्त युद्ध पोत पठाउन लागिएको हो ।

अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पका तर्फबाट इस्लामिक गणराज्यको परमाणु कार्यक्रम र पश्चिम एसियामा आतंकवादी समुहका लागि उसको कथित समर्थनलाई लिएर उ विरुद्ध वाकयुद्ध तिब्र पारेपछि बेलायतको उक्त निर्णय आएको हो ।

ट्र्म्पले ह्वाइट हाउस बाहिर संवाददाताहरुलाई भने ( इरान सतर्क हुनु राम्रो हुनेछ । उ अत्यन्त खतरनाक सीमाको तर्फ अगाडी बढीरहेको छ । यदि इरान सुनेको हो भने, तिमी सावधान रहनु ।

बेलायती अधिकारीहरुले नौसैन्य तैनाथ पुर्व नियोजित कार्यक्रमको हिस्सा भएको बताएका छन् । विश्वका अत्यन्त महत्वपुर्ण तर अस्थिर तेल ट्यांकर मार्गहरु मध्य एकमा बेलायती नौसेनाको उपस्थिति सुनिश्चित गर्नका लागि हो ।
तर यो परिवर्तनलाई लिएर केही दिन अगाडी विचार गरिएको र बेलायतको सबैभन्दा उत्कृष्ट युद्धपोत इरानको जलक्षेत्रमा कयौं हप्ता सम्म तैनाथ रहनेछ ।

प्रतिक्रिया दिनुहोस्