लक्ष्यअनुसार बजेट खर्च हुन सकेन



नेपाल समाचारपत्र, काठमाडौं ।
चालू आर्थिक वर्ष सकिनै लाग्दा पु“जीगततर्फ करिब ६२ प्रतिशतमात्रै खर्च भएको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार १ खर्ब ९९ अर्ब ३८ करोड १६ लाख रुपिया“ खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षमा पु“जीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपिया“ बजेट विनियोजन गरेको थियो।

बजेटको मध्यावधि समिक्षामा भने सरकारले २ खर्ब ६५ अर्ब रुपिया“ पु“जीगत खर्च गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्षको पछिल्लो दुई महिनामा करिब ८० अर्ब रुपिया“ रकम निकासा गरेको छ । गत वैशाखसम्म सरकारले करिब १ खर्ब २० अर्ब रुपिया“ बराबरको मात्रै पु“जीगत गरेको थियो । महालेखा परीक्षकको कार्यालयको तथ्यांकअनुसार यसपटक पनि आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्तिले निरन्तरता पाएको छ । आर्थिक वर्षको १० महिनासम्म न्यून हुने विकास खर्च आर्थिक वर्ष सकिनै लाग्दा धमाधम काम गर्ने र रकम निकासा गर्ने प्रवृत्ति यसपटक पनि दोहोरिएको हो ।

शुक्रबारसम्म जम्मा १० खर्ब १३ अर्ब ४६ करोड ७६ लाख रुपिया“बराबर बजेट खर्च भएको छ । संशोधित खर्च अनुमानभन्दा करिब डेढ खर्ब रुपिया“ कम हो । बजेटको संशोधित लक्ष्यमा चालू आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड रुपिया“ बजेट खर्च हुने अनुमान सरकारले गरेको थियो ।

चालू आर्थिक वर्षका लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपिया“ बराबरको बजेटमा विनियोजन भएकोमध्ये शुक्रबारसम्म जम्मा १० खर्ब १३ अर्ब ४६ करोड ७६ लाख रुपिया“बराबर बजेट खर्च भएको छ । यो कुल बजेटको करिब ७७ प्रतिशत हो । महालेखा परीक्षकको तथ्यांकअनुसार अझै ३ खर्ब रुपिया“भन्दा बढी बजेट खर्च हुन सकेको छैन । त्यस्तै संशोधित खर्च अनुमानभन्दा करिब डेढ खर्ब रुपिया“ कम हो । बजेटको संशोधित लक्ष्यमा चालू आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड रुपिया“ बजेट खर्च हुने अनुमान सरकारले गरेको थियो ।

बजेट खर्चको पछिल्लो तथ्यांक हेर्दा सरकारले राखेको बजेट खर्चको संशोधित लक्ष्य पनि नभेट्ने भएको छ । गत फागुनमा अर्थमन्त्रीले बजेट खर्चको संशोधित अनुमान प्रस्तुत गर्दा ९१ प्रतिशत बजेट खर्च हुने लक्ष्य प्रस्तुत गर्नुभएको थियो ।
संशोधित लक्ष्यमा चालूतर्फ ७ खर्ब ९८ अर्ब ४४ करोड रुपिया“ खर्च हुने अनुमान गरिएकोमा अहिलेसम्म ६ अर्ब ९२ अर्ब ४७ करोड २० लाख रुपिया“ मात्रै खर्च भएको देखिएको छ ।

यद्यपि, चालू आर्थिक वर्षमा चालू खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७४ लाख रुपिया“ विनियोजन भएको थियो। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ३५ अर्ब ४४ करोड बराबर खर्च हुने संशोधित अनुमान रहेकोमा १ खर्ब २१ अर्ब ६१ करोड ३९ लाख रुपिया“ खर्च भएको देखिएको छ।

यसैबीच राजस्व संकलनतर्फ पनि संशोधित लक्ष्यभन्दा न्यून हुने भएको छ । शुक्रबारसम्म ६ खर्ब ८८ अर्ब ५४ करोड १६ लाख रुपिया“ राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षमा ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपिया“ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्