पञ्चकन्याद्वारा ‘डेकिङ’ सिट बजारमा



निर्माण सामग्री उत्पादन गर्दै आएको पञ्चकन्या समूहद्वारा निर्माण कार्यमा प्रयोग हुने ‘ग्यालभनाइज्ड डेकिङ’ सिट नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीका अनुसार विश्वभर निर्माण क्षेत्रमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको छ । यसलाई निर्माण कार्यमा स्थायी रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायती रहेको कम्पनीको दाबी छ । हलुका, मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत रहेको यसको प्रमुख विशेषता मानिन्छन् ।

कंक्रिट राम्रोस“ग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ जसले गर्दा भवनलाई भार कम पर्दछ । यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रह“दैन, आवश्यकताअनुसार साइजमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मेगा क्यापिटल सिंगटी हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ ।

दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा हाइड्रो इनर्जी कम्पनीका तर्पmबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गर्नुभयो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपिया“ बराबरको सय रुपिया“ अंकित दरको ४३ लाख ५० हजार कित्ता शेयर आगामी असोजसम्ममा निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत् आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्