पूर्वाधार करबाट बूढीगण्डकीको लागि ३३ अर्ब संकलन



नेपाल समाचारपत्र, काठमाडौं
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका निम्ति सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट हालसम्म ३३ अर्ब रुपिया“ संकलन भएको छ ।

नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले हालसम्म पूर्वाधार करबाट ३३ अर्ब रुपिया“ जम्मा भएको जानकारी दिनुभयो । सो जलविद्युत् आयोजना स्वदेशी लगानीबाट निर्माण गर्नका लागि सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करवापत प्रतिलिटर ५ रुपिया“ कर संकलन गर्दै आएको छ ।

नेपालमा इन्धन खपतको तथ्यांक हेर्दा प्रत्येक वर्ष करिब १५ प्रतिशतले वृद्धि हु“दै आएको छ । आगामी दिनमा इन्धनको खपतको घटेर १० प्रतिशत वृद्धिदरमा सीमित भए पनि १० वर्षमा करिब १ खर्ब ६४ अर्ब रुपिया“ पूर्वाधार करवापत रकम जम्मा हुने देखिन्छ । १२ सय मेगावाट क्षमताको आयोजनाको कुल लागत २ खर्ब ५९ अर्ब रूपिया“ अनुमान गरिएको छ ।

यसअघि सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, प्रज्ञापन पत्र शुल्क, सडक मर्मत संभार शुल्क, प्रदूषण शुल्क, मूल्य आयवृद्धिकर लि“दै आएको थियो । यसकारण निगमले भारतमा किनेको मूल्य दरभन्दा दोब्बर बढी मूल्यमा उपभोक्तालाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी १ रुपिया“ थप गरेको छ । आयल निगमले अब भने ६ रुपिया“ पूर्वाधार करमा संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्