बेलायती विश्वविद्यालयको सम्बन्धनमा हेराल्ड कलेज



 

बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका उपकुलपति प्राध्यापक जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त दुई कलेजले उत्कृष्ट शिक्षा दिएको बताउनुभएको छ । विश्वका करिब १२ देशका कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालयले काठमाडौंको हेराल्ड र विराटनगरको मेरिल्यान्ड कलेजको शिक्षा उल्भरहेम्टर विश्वविद्यालयमा पढ्ने विद्यार्थीको भन्दा उत्कृष्ट रहेको दाबी गर्नुभएको हो ।

हेराल्ड कलेजको अवलोकन भ्रमणमा आउनुभएका उपकुलपति जियोफले कलेजमा आयोजित कार्यक्रममा बोल्दै नेपालको दुई कलेजको पढाइले विश्वविद्यालयको सान बढेको बताउनुभयो । उहा“ले भन्नुभयो– ‘बेलायतका डिग्री विश्वमै प्रख्यात छ । हामीले विदेशका कुनै पनि कलेजलाई सम्बन्धन दि“दा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौं । फरक प्रसंगमा उहा“ले भन्नुभयो–‘उत्कृष्ट विश्वविद्यालय बन्न एउटा मात्रै कोर्षमा फोकस नगरी प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, पढाउने मात्र नभई भविष्य र समाजप्रति उत्तरदायी हुनुपर्ने, अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, राम्रो परीक्षाफल हुनुपर्छ ।’

कलेजका विद्यार्थीस“ंग अन्तक्रिया गर्न नेपाल आउनुभएका उपकुलपति प्राध्यापक जियोफले नेपाली विद्यार्थीहरु पढाइप्रति संवेदनशील रहेको बताउनुभयो । उहा“ले अनुसन्धानमा आधारित पढाइ वर्तमान समयको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्डमा हालसम्म ७५ जनाले अध्ययन पूरा गरिसकेका छन् । हेराल्ड कलेजले चार वर्षे बीआईबीएम र तीन वर्षे बीआईटी कक्षा सञ्चालन गरिरहेको छ । विराटनगरको मेरिल्यान्ड कलेजमा दुवै विषयमा कक्षा सञ्चालन भइरहेको छ । मेरिल्यान्डले सन २०१४ देखि पढाइ शुरू गरेको हो । हाल हेराल्डमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन । मेरिल्यान्डमा ३ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

आइएनजी ग्रुपले सञ्चालन गरेको दुवै कलेजको शिक्षाको बारेमा जानकारी गराउ“दै ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले यहा“ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताउनुभयो । उहा“ले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहा“ पढ्ने विद्यार्थीहरु सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको धारणा राख्नुभयो ।

विश्वविद्यालयले हरेक वर्ष समर सिजनमा हेराल्ड र मेरिल्यान्ड कलेजमा अध्ययनरत ५ जना विद्यार्थीलाई १५ दिने छात्रवृत्तिमा विश्वका विद्यार्थीसं“गै अध्ययन गर्ने अवसर दिने गरेको छ । अध्यक्ष बुढाथाकीले बेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेकाले विश्वविद्यालयले नेपालका दुई कलेजको प्रशंसा गरेको बताउनुभयो । बेलायती शिक्षालाई विश्वभर विश्वसनीय शिक्षाको रुपमा हेर्ने गरेकै कारण यो विश्वविद्यालयबाट सबन्धन पाएर कक्षा सञ्चालन गरिरहेको उहा“को भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्