कामीलाई रेड रकको प्रायोजन



नेपाल समाचारपत्र, काठमाडौं
भारतको स्पोर्ट्स कम्पनी रेड रक स्पोर्टस्ले नेपाली क्रिकेटका अलराउन्डर सोमपाल कामीलाई ५ हजार डलरमा प्रायोजन गरेको छ ।

२ वर्षका लागि प्रायोजन गरेपछि कामीले ३ देखि ५ हजार डलरका साथै खेल सामग्री पनि प्राप्त गर्नेछन् । ग्लोबल इन्टरनेसनल लिग खेल्नका लागि प्रायोजन गरेको रेड रकले गत साता करण केसीलाई र गत वर्ष डिसेम्बरमा भीम सार्कीलाई प्रायोजन गरेको थियो ।

ग्लोबल टी २० क्यानडामा खेल्ने कामी दोस्रो नेपाली क्रिकेटर हुन् । विनिपेग हाक्सको लागि उनले खेल्नेछन् । सन् २००७ मा स्थापित भएको रेड रक स्पोर्टस्ले सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग, युवराज सिंह, एमएस धोनी र रोबिन उथप्पा जस्ता भारतीय चर्चित खेलाडीलाई प्रायोजन गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्