इंग्ल्यान्डलाई उपाधि जित्ने अवसर



लन्डन, (एजेन्सी)
आईतबार लर्डसमा हुने क्रिकेट विश्वकपको फाइनल खेलमा आयोजक इंग्ल्यान्डले प्रतिद्वन्द्वी न्युजिल्यान्डसँग उपाधिको लागि खेल्दैछ । २७ वर्षपछि फाइनल पुगेको इंग्ल्यान्डका लागि उपाधि जित्ने ठूलो अवसर छ । घरेलु मैदान र घरेलु समर्थकको साथ पाउने इंग्ल्यान्डको टोली समेत उत्कृष्ट छ । समूह चरणमा र सेमिफाइनलमा टोलीको राम्रो प्रदर्शन भएको छ ।

तर इंग्ल्यान्डको कुरा गर्ने हो भने क्रिकेट विश्वकपको उपाधि एक पटक पनि जित्न सकेको छैन । इंग्ल्यान्डसँग तीन पटक फाइनल पुगेर पनि उपाधि विमुख भएको तीतो इतिहास छ । यसैले पनि इंग्लिस टोलीलाई अभागिको छाप लगाइएको छ । तर सेमिफाइनलमा ५ पटकको विश्व च्याम्पियन अस्टे«लियालाई सहजै पराजित गरेकोले इंग्ल्यान्डले उपाधि जित्ने धेरै संभावना रहेको विज्ञहरुले अनुमान लगाएका छन् ।

सेमिफाइनल खेलमा अस्टे«लियालाई २ सय २३ रनमै समेटेर इंग्ल्यान्डले ३२.१ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो । टोलीका पेस बलर जोफ्रा आर्चर र क्रिस वोक्सले शुरुवातमा तीन विकेट लिएर अस्टे«लियालाई १४÷३ को दयनीय स्थितिमा पु¥याएका थिए । लेग स्पिनर आदिल राशिदले मध्यममा विकेट लिएर अस्टे«लियालाई अझै पछाडि पारेका थिए ।

ब्याटिङमा जेसन रोय र जोनी बेयरस्टोले प्रारम्भिक विकेटका लागि शतकीय साझेदारी गरेर अस्टे«लियालाई कुनै मौका दिएका थिएनन् । रोय र बेयरस्टो ओडीआईको इतिहासमै सबैभन्दा सफल जोडीको रुपमा उभेका छन् । उनीहरुले यसै विश्वकपमा भारत र न्युजिल्यान्डविरुद्ध पनि शतकीय साझेदारी गरेका थिए । जुन बेला दवाव थियो त्यतिबेला उनीहरुको ब्याटिङ निकै चम्किएको छ ।

मध्य क्रममा जोए रुट, जोस बटलर, कप्तान आयन मोर्गान र बेन स्टोक्स पनि जमेका छन् । इंग्ल्यान्ड एउटा परफेक्ट टीमको रुपमा यो विश्वकपमा देखिएको छ । यसैले पनि उपाधि जित्ने सपना पुरै हुने संभावना धेरै छ ।

उता न्युजिल्यान्डले पनि अहिलेसम्म विश्वकप ट्रफी चुमेको छैन । गत विश्वकप २०१५ मा फाइनल सम्म पुगेको थियो । तर राम्रो हुँदा हुँदै अस्टे«लियासँग नराम्रोसँग पराजित भएर ब्ल्याक क्यापले उपाधि जित्ने धोको पुरा गर्न सकेन । यस पटक फेरि फाइनलमा पुगेको छ ।

फाइनलमा पुग्ने कुनै छाँटकाँट नै थिएन जब भारतविरुद्ध सेमिफाइनल खेलमा न्युजिल्यान्डले २ सय ४० रनको लक्ष्य तेर्साउँदा । तापनि शुरुवातमै विकेट लिने लक्ष्य लिएर कप्तान केन विलियमसनले फास्ट बलर ट्रेन्ट बोल्ट र म्याट हेनरीलाई अगाडि सारे । उनीहरुले निकै अविश्वसनीय नतिजा निकाले ।

उनीहरुले भारतका निकै भरपर्दा तीन शीर्ष ब्याटसम्यान रोहित शर्मा, केएल राहुल र कप्तान विराट कोहली आउट गरेर भारतलाई ५ रनको लागि ३ विकेट पतनको अवस्थामा राखेका थिए । यहीबाट संघर्षमय ब्याटिङ गरेको भारत अन्ततः १८ रनले पराजित भएको थियो ।

इंग्ल्यान्ड विरुद्ध न्युजिल्यान्ड
कसले कति रन बनाए ?
जोए रुट ५४९ रन

केन विलियमसन ५४८ रन
जोनी बेयरस्टो ४९६ रन

रोस टेलर ३३५ रन
जेसन रोय ४२६ रन

जीमी निशान २१३ रन

कसले कति विकेट लिए ?
जोफ्रा आर्चर १९ विकेट

लकी फर्गुसन १८ विकेट
मार्क वुड १७ विकेट

टे«न्ट बोल्ट १७ विकेट
क्रिस वोक्स १३ विकेट

म्याट हेनरी १३ विकेट

प्रतिक्रिया दिनुहोस्