भोट माग्दा जनतासँग गरेका बाचा पुरा गछौं



गोर्खबहादुर केसी
प्रमुख आठविसकोट नगरपालिका
तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएका गोर्खबहादुर केसी एक जुझारु नेताको रुपमा परिचित हुनुहुन्छ ।

निर्वाचनताका जनतालाई दिएको आश्वासन पुरा गर्न लागि परेको बताउनुहुन्छ । उहांसग नेपाल समाचारपत्रकालागि धनबीर दाहालले गर्नु भएको कुराकानी

तपाईले निबार्चनको बेला जनतासँग जुन बाचा गर्नुभएको थियो । के कति पुरा गर्नुभयो ?
निर्बाचनको बेला आठबीसकोट नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने उद्घोष गरेका थियौं र जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने बाचा गरेका थियौं । सोही अनुसार अहिले काम भइरहेको छ । आठवीसकोट नगरपालिकालाई शान्त, स्वस्च्छ तथा सुखी नगरपालिका निमार्ण गर्ने लक्ष्य हामीले लिएका थियौं । सवभन्दा पहिला तपाईलाई के भनौं भने आठविसकोट नगरपालिका भौगोलिक हिसावले अलि दुर्गम र नेपालकै दोस्रो ठुलो नगरपालिका पनि हो । ५ सय६० बर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

२०६८ को जनगणनाको ५१ प्रतिशत मानिस गरिवीको रेखामुनी छन् । जनसंख्याको ठुलो हिस्सा करिव ३४ प्रतिशत दलित समुदायको छ । विकासको हिसावले भर्खरै मात्र मोटर बाटो आइपुगेको स्थिती र पुल पुलेसाहरु नभएको अवस्थामा नगरपालिकाको नेतृत्व गर्ने अवसर आयो । हामीले नगरपालिकाको नेतृत्व गरेपछि स्वच्छ, शान्त, सुशासन युक्त एवं समृद्ध नगरपालिका बनाउने अठोट ग¥यौं र सोही बमोजिम शिक्षा क्षेत्रबाट कामको सुरु ग¥यौं । बर्षातको समयमा धेरै धेरै बालवालिकाहरु बिद्यालय जानबाट बन्चित हुन्थे ।

साना साना खोलाहरु बढ्ने अनि आवात जावत बन्द हुने कारणले वालवालिका बिद्यालय जानबाट बन्चित हुने अवस्थाको अन्त्य गर्न बिभिन्न खोलामा ३५ वटा काठेपुलको निर्माण गरेका छौ । अहिले निबार्चित भएको दुई बर्ष हुँदा काठेपुल भएका ती ३५ मध्य २० ठाँउमा झोलुंङे पुल निर्माण भएका छन् । आगामी बर्ष अरु बाँकी ठाँउमा झोलुंङे पुल निर्माण गर्दैछौं । बिद्यार्थी मात्र होइन सबै स्थानीय जनतालाई बाह्रै महिना सहजै आवत जावत गर्ने अवस्थाको हामीले सिर्जना गरेका छौं । सडकको अवस्था हेर्दा पनि हामीले सँधै दुख खेप्नुपर्ने अवस्था थियो अहिले त्यस्तो अवस्था छैन ।

जसले गर्दा सुरुको अवस्था र अहिले दुई बर्षको अवस्था हेर्दा हामीले काम गरेको अनुभति जनतालाई दिएका छौं । आगामी आर्थिक बर्षमा ४ वटा जति मोटरेवल पुल निर्माण पनि हुँदै छ । मोटरबाटो नपुगेको क्षेत्रमा मोटरबाटो पनि पुर्याएका छौं ।

तपाईले शिक्षा क्षेत्रलाई बिशेष जोड दिएको बताउनुभयो । शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने कस्ता कार्यक्रम भए ?
शिक्षा क्षेत्र नै बिशेष रुपले फोकस गरेको क्षेत्र हो । दुई बर्षमा हामीले चाँही जे काम गर्यौं त्यसले परिणाम दिन सुरु गरेको छ । शिक्षक अभावले पठनपाठनमा समस्या भएपछि हामीले १ सय ८० जना स्वयंसेवक शिक्षक करारमा भर्ना गर्र्यौं । ४५ जना बिद्यार्थी बराबर एउटा शिक्षकको व्यवस्था गरेपछि पठनपाठन प्रभावकारी भयो । बिद्यालयको भौतिक निर्माण तर्फ पनि हामीले यहि चालु आर्थिक बर्षमा ८ वटा ठुला बिद्यालय भवन निर्माण गरेका छौं ।

यति मात्र होइन नगरपालिकाको बैठकले शिक्षा क्षेत्रको गुणस्तर मापन गर्न अनुगमनलाई पनि तिब्र पारेको छ । सोही अनुगमनका आधारमा आउने प्रतिबेदनलाई टेकेर अझै अगाडी बढ्ने गरेका छौं । शिक्षा क्षेत्रको गुणस्तर मापन गर्नका लागी गुण नियन्त्रण केन्द्रको स्थापना गर्ने तयारीमा छौं जसमा शिक्षा क्षेत्रका बिज्ञहरु समाबेश गरिने छ । अन्र्तर बिद्यालय प्रतियोगिता हामीले गर्यौं जसले गर्दा बिद्यार्थीहरुको समग्र अवस्था हामीले मापन गर्न सक्यौं । राम्रो गर्ने बिद्यालयलाई पुरस्कृत र अलि कमजोर बिद्यालयलाई माथी उकास्ने गरी हामी अगाडी बढेका छौं । शिक्षा क्षेत्रको समग्र अवस्था हेर्दा हामीले दुई बर्षको अवधीमा उल्लेख्य प्रगति गरेका छौं ।

शिक्षासँगै स्वास्थ्यलाई पनि महत्वपुर्ण आबश्यकताको रुपमा लिइन्छ । तपाई नगरपालिकाका दुर्गम बस्तीमा बिगतका बर्षहरुमा झाडापाखालाको महामारी पनि फैलिएको हो । स्वास्थ्य क्षेत्रमा केही प्रगति भएन ?
स्वास्थ्य क्षेत्रमा भन्नुपर्दा यो नगरपालिकामा बारम्बार झाडापखाला लगायतका महामारी फैलने, औषधी उपचारहरु नपाएको समाचारहरु बाहिर आउने गर्दथे । यस्तो अवस्थाले गर्दा बिकराल अवस्था आउन सक्ने तर्फ हामी सचेत हुँदै निबार्चित भएको पहिलो बैठकबाटै १८ ठाँउमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने निर्णय गर्र्यौं र सो भन्दा पहिला ५ वटा मात्र स्वास्थ्य उपचार केन्द्र थिए । १८ वटा थप गर्ने निर्णय सँगै कामलाई तिब्र बनाएर हामीले स्वास्थ्य क्षेत्रमा ठुलो प्रगति गर्र्यौैं ।

दुर्गम बस्तीका मान्छेहरु सामान्य सिटामोलको लागी एक दिन हिड्नु पर्ने अर्थात ठुलो रोग लागेको अवस्थामा ज्यानै जान सक्ने भएकोले त्यसलाई मध्यनजर गरी दुर्गम बस्तीमा स्वास्थ्य उपचार केन्द्र तथा गाँउघर क्लीनिकको स्थापना भयो । गाँउ गाँउमा स्वास्थ्य शिविरहरु संचालन गर्र्यौं ।

बर्थिङ सेन्टर पनि नभएको र भएकाहरु पनि बन्द भएको अवस्था थियो त्यसलाई सुचारु गर्ने काम हामीले गर्र्याैं । सुरक्षित सुत्केरी हुन नसकेर ज्यान गइरहेको अवस्था अव हाम्रो नगरपालिकामा छैन । नगरपालिकाको दुर्गम क्षेत्र स्यालाखदी, गोतामकोट र घेत्मा जुन साविकका गाबिसहरु हुन् । ती क्षेत्रहरुमा हामीले बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित सुत्केरी गराउन सक्ने व्यवस्था गरेका छौं । आबश्यक उपकरणहरुको व्यवस्था हामीले गरेका छौं ।

यति मात्र होइन हामीले नगरपालिका भित्रै नगर अस्पताल स्थापना गरेका छौं । स्वास्थ्य केन्द्रमा भएको सबै जनशक्ति र २० जना थप जनशक्तिको व्यवस्था गरेर हामीले अस्पताल संचालन गर्याैैं । यो नगरअस्पताल नेपालकै पहिलो नगर अस्पताल हो । यसले चाँही नगर अस्पतालको हैसियतमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा पनि आबद्ध भएको छ । नगर अस्पतालको लागी करिव ७ करोड लगानीमा टेन्डर भएर भवन निर्माणको थालनी भएको छ ।

आगामी आर्थिक बर्ष भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाम्रो नगरपालिकाका जनताको आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागी स्वास्थ्य बिमा बनाउने कार्यक्रमलाई तिब्र ढंगले अगाडी बढाइरहेका छौं । यति मात्र होइन बिपन्न परिवारको लागी सरकार आफैले निशुल्क बिमाको व्यवस्था गरेको छ ।

आर्थिक विकासको मुख्य स्रोत कृषि हो कृषिका लागी केही पहल भएको छ या छैन ?
आर्थिक उर्पाजनको मुख्य स्रोत भनेको कृषि हो । कृषिलाई पनि नगरपालिकाले बिशेष जोड दिएको छ । फलफुलका बिरुवाहरुको बिस्तार हामीले तिब्र ढंगले अगाडी बढाएका छौं । मलाई लाग्छ आगामी तिन÷चार बर्षमा बर्षेनी पचासौं करोडको कृषि उपजहरु निर्यात गर्न सक्छौं । हामीले यहि आर्थिक बर्षमा १० हजार बढी किबीको बिरुवा लगाएका थियौं । हुने बिरुवाको चिल्लो पात भनेझैं ति बिरुवाहरु असाध्यै सँग बिरुवाहरु हुर्कीरहेका छन् । संघिय सरकारको फलफुल विकास केन्द्रबाट फलफुल बिज्ञहरुलाई पनि हामीले देखायौं ।

उहाँहरुको थप सल्लाह अनुसार ति बिरुवाको मलजल भइरहेको छ । यति मात्र होइन कृषकका लागी बिभिन्न तालिमहरु, अनुभवआदान प्रदानका कामहरु हामीले गरायौं । यस्तै आर्थिक विकासका लागी बिभिन्न उद्योगहरु पनि हामीले स्थापना गरेका छौं । मसला उद्योग, वाइन तथा जुस उद्योगको पनि हामीले स्थापना गर्यौं । धेरै स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् भने गाँउघरमा खेर गइरहेका जडीबुटी एवं फलफुलको पनि सदुपयोग भएको छ ।

तत्काललाई वाइन उद्योगको रुपमा लिइएपनि आगामी दिनमा जुस उद्योगको रुपमा विकास गर्नका लागी आबश्यक कानुनी प्रक्रिया सुरु भएको छ । फलफुलहरुमा आधारित रहेर जाम र चक्लेटहरुको उत्पादन गर्नेगरी तयारी भएको छ ।

पाँच बर्षे तपाईको कार्यकाल दुई बर्ष बितिसक्यो । अव बाँकी अवधीमा तपाईले जनतासँग भोट माग्दा गरेका बाचा पुरा हुन्छन् त ?
अवश्य पनि जनताका आसा अपेक्षा धेरै हुन्छन् । जनताका आधारभुत आवश्यकता परिपुर्तिका लागी हामीले थालेका कदमहरु त मैले अगाडी पनि भनिसकें । थालिएका कामलाई जनताबाट स्याबासी पाएका छौं । साथ, सर्मथन र सहयोग पाइरहेका छौं ।

हामीले भोट माग्दा जनतासँग गरेका प्रतिबद्धता हामी पुरा गर्ने अठोटका साथ अगाडी बढीरहेका छौं । स्वभाविक रुपले काम गर्ने क्रममा कतैन कतै नपुगेको हुन सक्छ । केही कमजोरीहरु पनि हुन सक्छन् तर पनि हामी जनतासँगै छौं जनताको साथ,सहयोग, सल्लाह, सुझाव अनुसारै काम गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्