पाल्पा अस्पतालबाट हराएको शिशु स्याङजामा फेला, चोर महिला प्रहरी नियन्त्रणमा



कविराज नेपाल, पाल्पा । शुक्रबार दिउसो पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट गायव नवजात शिशुको प्रहरीले शनिवार सकुशल उद्धार गरेको छ साथै शिशु चोर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । खोजी गर्ने क्रममा शनिवार पाल्पाकै छिमेकी जिल्ला स्याङनाको कालीगण्डकी गाउ पालिका वडा नं ७ मिर्मि स्थित नेपाल विद्युत प्राधिकरणको आवास गृहमा सोही कार्यालयमा ज्यालादारीमा काम गर्न गल्याङ्ग नगर पालिका वडा नं ५ मोहनडाँडाकी ३६े वर्षीया विमकला पाण्डेले लिएको सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । जिप्रका पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाका अनुसार सो विषयमा थप अनुसन्धान जारी रहेको छ ।

शुक्रबार दिउँशो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी ती महिला र शिशुलाई नियन्त्रणमा लिइएको हो । चोरीमा परेका नवजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पा ल्याइएको प्रहरीले जनाएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शु्क्रबार जमुनाकी आमालाइ सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । लामो समयदेखि अस्पतालभित्र ती महिलालाइ बस्न दिनु शंकास्पद रहेको आफन्तको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोलीले नवजात शिशुको उद्धार र चोरीमा संलग्न महिलालाई नियन्त्रणमा लिन सफल भएको हो । यसक्रममा इलाका प्रहरी कार्यालय जैपते स्याङजाको पनि सहयोग लिइएको वताइएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु दिउँसो ३ बजेतिर हराएको थियो ।

सुत्केरी छोरीको हेरचाहमा गएकी आमा छोरीलाई जुवानोको झोल लिन क्यान्टिनमा जाँदा अपरिचित महिलाले शिशु लगेको प्रहरीले जनाएको छ । शिशु लिएर क्यान्टिन पुगेकी सुत्केरीकी आमालाई अपरिचित महिलाले ’म ल्याइदिन्छु, तपाईँ हिँड्नुस’ भनेको र उहाँ छोरी भएको ठाउँमा पुग्दा ती महिला नगएपछि शिशु हराएको थाहा भएको प्रहरीले जनाएको छ ।

चोरीको समयमा अस्पतालका भिडियो क्यामरा विग्रेको भएपनि अस्पाताल वाहिरको एक होटलको सिसी टिभी फुटेजमा देखिएकी थिइन । कुर्ता सुरुवाल लगाएकी महिलाले शिसु लिएर भागेको फुटेजमा देखिएको थियो यसैको आधारमा अनुसन्धान अघि वढाइएको र प्रहरी सफल पनि भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्