खोलाले बगाउँदा एक बेपत्ता



धादिङ, दक्षिणी धादिङको थाक्रे गाउँपालिका गाउँपालिका वडा नं ३ आगराखोलाले बगाएर आज एकजना बेपत्ता भएका छन् ।

खोला तर्ने क्रममा बगाएर थाक्रे गाउँपालिका गाउँपालिका वडा नं ३ का ४० वर्षीय गोकुल गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । बेपत्ता गिरीको खोजी कार्य भइरहेको छ ।

कामबाट घर फर्कने क्रममा सँगै खोला तरेका थाक्रे गाउँपालिका ३ का बद्री भुजेल भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्