कांग्रेसका महामन्त्री शशांक कोइरालाको गाडी डुब्यो(भिडीयोसहित)



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी शुक्रबार दिउँसो टेकुको बाग्मती सडक करिडोरमा डुबेको छ ।

त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा डा. कोइरालाको बा१७च ६६६४ नम्बरको गाडी टेकुबाट सानेपा जाने पुलमुनिको बाटोमा डुबेको हो ।

‘पार्टी केन्द्रीय कार्यालय जाँदा सधै त्यही बाटो भएर गइन्थ्यो,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘पुलमुनि ढलान गरेको थियो, गाडी पार हुन्छ भनेर ड्राइभरले पुलमुनिबाटै गाडी लगे तर बीच भागमा पुगेपछि स्टार्ट नै बन्द भयो । अनि, हामी अरु गाडी मगाएर बाहिर निस्कियौं ।’

गाडी डुबेपछि महामन्त्री कोइराला, सहयोगी तिवारी र ड्राइभर तत्काल सवारीबाट उत्रिएका थिए । घाँटीसम्मको पानीमा डुबेका कोइराला महाराजगन्ज फर्किएका थिए । कोइरालाको सवारी भने बिग्रिएकाले ग्यारेजमा लगिएको छ ।

भिडीयो

प्रतिक्रिया दिनुहोस्