देशभर अविरल वर्षाः हालसम्म १७ जनाको मृत्यु, आधा दर्जन बेखबर



नेपाल समाचारपत्र, काठमाडौं, अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट १७ जनाको मृत्यु भएको छ ।

सोही कारण ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ भने वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल स्थानीय प्रहरी टोली खटी गई उद्दार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

बाढीबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, भोजपुर लगायत देशभरका विभिन्न स्थान प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्