रकम अपुग हुँदा सुत्केरीले भत्ता पाएनन्



मुगु । जल्ला अस्पताल मुगु र छायाँनाथ रारा नगरपालिकाभित्र रहेका ५ वटा वर्थिङ सेन्टर (प्रसूति गृह) मा सुत्केरी भएका महिलाको प्रोत्साहन रकम अधुरो आएको छ। यस वर्ष सुत्केरीलाई आधार मानी १६ लाख २६ हजार रुपैयाँ आउनु पर्ने भए पनि जम्मा ६ लाख मात्र आएको हो जसका कारण जिल्लाका अधिकासंले सुत्केरी भत्ता पाएका छैनन् ।

आर्थिक वर्ष २०७५र०७६ मा जिल्ला अस्पताल मुगुमा २०० र ३० र छायाँनाथ रारा नगरपालिकाभित्र रहेका पाँच वटा प्रसूति गृहमा १९८ जना गरी ४२८ जनाले सुत्केरी सेवा लिएका भए पनि रकम अभावमा धेरै सुत्केरीले प्रोत्साहन रकम पाएका छैनन्। स्वाथ्य संस्थामा आई सुत्केरी गराएवापत ३ हजार यातायात खर्च र नियमित गर्भजाँच गराए वापत ८०० का दरले प्रोत्साहन रकम पाउने प्रावधान भएको भए पनि सुत्केरी महिलाले रकम अभावमा प्रोत्साहन रकम पाउन नसेका जिल्ला अस्पात मुगुले जनाएको छ। आर्थिक वर्ष २०५र०६७ को साउनदेखि जिल्ला असारसम्म जिल्ला अस्पतालमा २३० जनाले सुत्करी सेवा लिएका भए पनि केहीले प्रोत्साहन रकम पाएका र कोही छुटेका जिल्ला अस्पताल मुगुका मेडिकल अधिकृत डबलबहादुर मल्ले बताए।

प्रोत्साहन रकम तीन लाख ३० हजार मात्र निकासा भई आएको छ। त्यो रकमले जतिलाई भेट्यो तेही अनुसार सुत्केरी लाई प्रोत्साहन रकम उपल्बध गराएका र बाँकी सुत्केरी महिला उनको भनाई छ। जिल्ला अस्पताल मुगु र छायाँनाथ रारा नगरपालिकाभित्र रहेका ५ वटा बर्थिङ सेन्टर ढुंग्रेधारा, ढुम, पिना, गुम र बाम प्रसूति गृह सुत्केरी भएकाहरूका लागि ६ लाख रकम आएको छायाँनाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि बुढाले जानकारी दिए।

त्यसै  जिल्ल अस्पतामा सुत्केरी हुन आउनेलाई तीन लाख ३० हजार र बाँकी दुई लाख ७० हजार प्रसूति गृहमा सुत्केरी हुन आउनेलाई प्रोत्साहन रकम वितरण गरेको उनको भनाई छ। उनका अनुसार एक वर्षमा प्रसूति गृहमा ७१ जना, गुम प्रसूति गृहमा २ ढुंग्रेधारा प्रसूति गृहमा ४८, ढुम प्रसूति गृहमा ४७ र बाम प्रसूति गृहमा ३० जना गरी १९८ जनाले स्वास्थ्य संस्थामा आई सुत्केरी सेवा लिएका भए पनि ९२ जनाले मात्र सुत्केरी प्रोत्साहन रकम पाएका छन्। त्यसैगरी अन्य १०६ जनाले सुत्केरी वापतको प्रोत्साहन रकम नपाएको शाखा प्रमुख बुढाले बताए।

प्रोत्साहन रकम समयमै माग गर्दा पनि सुनुवाई नहुने र आए पनि अधुरो रकम आउनुले झमेला हुनुका साथ रकम वितरण समस्या हुने गरेको जिल्ला अस्पताल मुगुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्