देशभर भारी वर्षाः सिंहदरबारमा पर्खाल भत्किनेदेखि गुडिरहेको स्कुल बसमाथि रुख बजारिनेसम्म



न्युज अफ नेपाल, काठमाडौँ ।
केहि दिन अगाडिबाट देशभर भईरहेको वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुगेको छ । शुक्रबार विहानै सिहँदरबारको पूर्वीतर्फको पर्खाल नै भत्किएको छ भने उता कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ ।

शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् ।

विराटनगर बजार डुबानमा परेको छ भने बाजुरामा पहिरो खसेको खसेई छ । कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन्।

विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ।

यसैगरी हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो ।

यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको

यस्तै रामेछापमा पहिरोले पुरिएर एक बृद्ध महिलाको ज्यान गएको छ । शुक्रबार बिहान गोठमा भैँसीको दुध दुहुने क्रममा माथिबाट खसेको ढिस्को रामेछाप नगरपालिका वडा नं. ५ रामपुरकी ७१ वर्षिय पदम कुमारी सुनुवारको ज्यान गएको हो ।

वर्षाका कारण काभ्रेको जनजीवन पनि प्रभावित बनेको छ । बनेपा ३ नाला, चुनातालमा बिहान घर भत्किँदा दुई जनाको मृत्युसमेत भएको छ भने दुई जना भाइते भएका छन् ।

समयमा वर्षा नभएकोमा केहि दिन अगाडि देशभरका किसान दुखी थिए । तर अहिले दशैभरका किसानले भने निकै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्