रन–वेमै चिप्लियो यती एयरको विमान, दुई घाइते



काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरको विमान धावनमार्गबाट चिप्लिएको छ । नेपालगञ्जबाट आएको यतीको एटीआर ७२ विमान अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

विमान चिप्लिँदा दुई यात्रु घाइते भएका छन् । भने अन्य यात्रु सकुशल रहेको जनाईएको छ । सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए ।

विमान चिप्लिएपछि सबै उडान अवतण बन्द गरिएको छ। विमान चिप्लिएर ट्याक्सी वेमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्