मौद्रिक नीति अनिश्चित



काठमाडौं, (नेस) ।
आगामी आर्थिक वर्षका निम्ति नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ हुने भएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि मौद्रिक नीति सार्वजनिक गर्ने मिति तय गरेको भए पनि तयारी नपुगेको भन्दै स्थागित भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले शुक्रबार मौद्रिक नीति सार्वजनिक नहुने पक्का रहेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहा“ले भन्नुभयो–‘ भोलिका लागि तोकिएको मिति सार्नुप¥यो, अब साउनमा सार्वजनिक हुन्छ,’

बजेट सार्वजनिक भएलगत्तै त्यसैलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने प्रचलन छ । सामान्यतया बजेट सार्वजनिक भएको एक महिनामा मौद्रिक नीति आउने प्रचलन भए पनि यसपटक डेढ महिनाभन्दा बढी समय लाग्ने छ ।

आन्तरिक तयारी नपुगेको तथा समय अभावका कारण अन्तिम समयमा आएर मौद्रिक नीति सार्वजनिक नभएको राष्ट्र बैंकले जनाएको छ । प्रवक्ता निरौलाका अनुसार ११ महिनाको आर्थिक तथ्यांक नआइपुगेका कारण मौद्रिक नीति सार्वजनिक गर्न नसकिएको हो । उहा“ले विभिन्न कार्यव्यस्तताका कारण यो तथ्यांक आइपुग्न समय लागेको बताउनुभयो ।

‘असारमा सबै काम सक्नुपर्ने हुन्छ, त्यसका कारण केही ढिला भयो,’ निरौलाले भन्नुभयो । राष्ट्र बैंक सञ्चालक समितिका सदस्य एवम् अर्थसचिव राजन खनाल विदेशमा रहेकाले मौद्रिक नीति ल्याउन ढिला भएको स्रोतको भनाइ छ । बिग मर्जरका विषयमा सञ्चालक समितिमा विवाद रहेको हु“दा समितिले पास गरेपछि ल्याउन बताइएको छ ।

प्रवक्ता निरौलाले भन्नुभयो–‘अर्थसचिवलाई नै पर्खिएको पनि नभनौं । हामीले शुक्रबारका लागि मिति तोकेका थियौं । हाम्रै समय अभावका कारण सारेका हौं ।’ मौद्रिक नीति साउनमा सार्वजनिक गरेपनि खासै फरक नपर्ने उहा“ले उल्लेख गर्नुभयो । बजेट कार्यान्वयनमा जा“दा यो पनि सार्वजनिक एवम् कार्यान्वयन हुन्छ, त्यसैले समय ढिला नभएको दाबी राष्ट्र बैंकको बोर्ड बैठकले छिट्टै मौद्रिक नीतिको मिति तय गर्ने निरौलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्