हिमालय एयरलाइन्सले ढाका उडान शुरु गर्दै



काठमाडौं, (नेस) ।
हिमालय एयरलाइन्स्ले काठमाडौं–ढाका उडान गर्ने भएको छ । साउन ६ गतेदेखि साताको ३ उडान सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ । एयरलाइन्सले १ सय ५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी विमान ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ ।

एयरलाइन्सले मध्यपूर्वी एसिया गन्तव्यस्थलहरु दोहा, दुबई÷आबुधावी, दमामको नियमित उडानस“गै, ढाकाको नया“ उडानले बांगलादेशीसहित मध्यपूर्वी एसियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्ने विश्वास कम्पनीको छ । काठमाडौंबाट ११ः१० बजे सोमबार, बुधबार र शनिबार हिमालय एयरलाइन्सको विमान ढाकाका लागि उडान भरेर ढाकामा १३ः१० मा अवतरण गर्नेछ ।

ढाकाबाट स्थानीय समयअनुसार दिउ“सो २ः१० बजे उडान भरेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा अवतरण गर्ने कम्पनीले जनाएको छ ।काठमाडौं ढाका उडानले नेपालको पर्यटन विकासमा टेवा पुग्ने हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो ।
दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० किलोसम्मको लागि छुट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्