पुर्चौडीको बजेट ४९ करोड ४१ लाख



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको पुर्चौडी नगरपालिकाको अगामी आर्थिक बर्ष २०७६÷०७७ को निती , कार्यक्रम तथा बजेट बिहीवार प्रस्तुत गरिएको छ । नगर उपप्रमुख जानकी ऐर बमले सार्वजनिक गरिएको अगामी बर्षको बजेट ४९ करोड ४१ लाख ८८ हजार रहेको छ । जसमा चालुतर्फ ६ करोड, पुजीगततर्फ १७ करोड ५२ लाख ८८ हजार र शसर्त अनुदानतर्फ २४ करोड ८९ लाख रहेको छ ।

बजेट प्रस्तुत गर्दै नगरउपप्रमुख बमले सडक पुर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण र व्यवशायीकरण, शैक्षिक गुणस्तर सुधार,सामाजिक सांस्कृतिक सुधार , पर्यटन र पूर्वाधार लगायतका कुरालाई जोड दिईएको छ ।

निती तथा कार्यक्रम नगरप्रमुख रणबहादुर कुँवरको संयोजकत्वमा सम्पन्न भएको हो । बजेट बक्तब्य आर्थिक विकास समितिका संयोजक तथा वडा नं ५ का अध्यक्ष नागी खडायतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्