छविराज ओझा र शिल्पा पोखरेलबीच सहमति



काठमाडौं । छविराज ओझा र शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् ।

आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् । उक्त उजुरीका आधारमा बिहीवार महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

नाायिका पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भनी महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी थिईन् ।

निर्माता छविराजले नायिका शिल्पा पोखरेललाई गत २०७३ सालको दशैंमा गोप्य रुपमा चौथो श्रीमतीको रुपमा भित्र्याएका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समयदेखि विहे गर्ने भन्दै बताउदै आएका थिए । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।यअिघि निर्माता छविराज ओझाको नायिाका रेखा थापासँग पनि पारापाचुके भैसकेको थियो । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग विहे भएको थियो ।

प्रतिक्रिया दिनुहोस्