न्युजिल्यान्ड लगातार फाइनलमा

भारतको सपना चकनाचुर



लन्डन, (एजेन्सी)
रोमाञ्चक सेमिफाइनलमा भारतलाई १८ रनले स्तब्ध तुल्याएर न्युजिल्यान्ड क्रिकेट विश्वकपको फाइनलमा लगातार दोस्रो पटक पुगेको छ ।
२ सय ४० रनको मध्यम लक्ष्य दिएको न्युजिल्यान्डले भारतलाई २ सय २१ रनमा समेटेर फाइनलको यात्रा तय ग¥यो । न्युजिल्यान्ड गत विश्वकप २०१५ को फाइनलमा अस्टे«लियासँग हारेको थियो । जारी विश्वकपमा न्युजिल्यान्ड समूह चरणमा ५ खेल जितेर चौथो स्थानमा रहँदै अन्तिम चारको लागि छनोट भएको टोली हो ।

भारत भने समूह चरणमा शानदार प्रदर्शन गर्दै उपाधिको प्रबल दावेदारमा उभिएको थियो । तर यो हारसँगै भारतको तेस्रो पटक उपाधि चुम्ने सपना चकनाचुर भयो । भारतले समूह चरणमा ८ मध्ये ७ खेल जितेर शीर्ष स्थान ओगेटेको थियो ।

मात्र २ सय ४० रनको लक्ष्य भएको हुँदा न्युजिल्यान्डका बलरले सोही अनुरुप बलिङ प्रस्तुत गरे । जारी प्रतियोगितामा ५ शतक प्रहार गरेका रोहित शर्मा, लगातार ५ अर्धशतक प्रहार गरेका कप्तान विराट कोहली र अघिल्लो खेलमा शतक बनाएका लोकेश राहुल समान १ रन बनाएर पवेलियन फर्काउनु नै न्युजिल्यान्डको जितको आधार बनेको थियो । म्याट हेनरीले रोहित र लोकेशको विकेट लिए भने टे«न्ट बोल्टले विराटलाई आउट गरेका थिए ।

तीन विकेट ५ रनमा आउट भएपछि चौथो विकेटको रुपमा दिनेश कार्तिक (६ रन) २४ रनमा पवेलियन फर्के । उनको विकेट हेनरीले लिएका थिए । पाँचौ विकेटको रुपमा रिषभ पन्त ७१ रनमा, र छैटो विकेटको रुपमा हार्दिक पाण्डे ९२ रनमा सान्टनरले आउट गरेका थिए । रिषभ र हार्दिकले ३२÷३२ रन जोडेका थिए ।

६ विकेट १ सय रनमा नपुग्दै गुमाएर कमजोर बनेको भारतलाई महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले जितको आस देखाए । धोनी र जडेजाले भारतलाई जितको निकट पु¥याइसकेका थिए । तर ४८औं ओभरको पाँचौं बलले खेलको नक्शा नै बदलिदियो । जमिरहेका जडेजालाई टे«न्ट बोल्टले केन विलियमसनद्वारा क्याच आउट गराउनु न्युजिल्यान्डलाई खेलमा फर्काउन पर्याप्त भयो । जडेजाले ४ छक्का र ४ चौका प्रहार गर्दै ७७ रन जोडेका थिए ।

४८औं ओभरको तेस्रो बलमा ५० रन बनाएर धोनी पनि रनआउटको शिकार भए । उनको विकेटपछि न्युजिल्यान्डलाई जित हात पार्न धेरै मेहनत गर्नु परेन । सोही ओभरमा भुवनेश्वर कुमार फग्र्युसनको बलमा बोल्ड भए भने अन्तिम ओभरको तेस्रो बलमा युज्वेन्द्र चहल जेम्स नीशामको बलमा आउट भए । शुरुमै तीन विकेट लिएका न्युजिल्यान्डका म्याट हेनरी प्लेयरअफ द म्याच घोषित भएका थिए । बोल्ट र सान्टनरले २÷२ विकेट लिएका थिए ।

यसअघि मंगलबार म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा पानी परेपछि उक्त खेल बुधबार खेलाउनु परेको थियो । अघिल्लो दिन न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षेतिमा २ सय ११ रन बनाउँदा वर्षा भएको थियो । वर्षा नरोकिएपछि खेल स्थगित गर्नु परेको थियो । बुधबार खेल पुन शुरु हुँदा न्युजिल्यान्डले थप २ विकेट गुमाएर मात्र २८ रन बनाएको थियो । टोलीका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिएका थिए । भारतको तर्फबाट भुवनेश्वरले सर्वाधिक ३ विकेट लिएका थिए ।

रोहित असफल


रोहित शर्माले सचिन तेन्दुलकरले एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान २६ रनले तोड्न सकेनन् । १ रनमा आउट भएपछि उनी सचिनले २००३ विश्वकपमा ६ सय ७३ रन जोडेको कीर्तिमान तोड्न असफल भएका हुन् । उनले यो विश्वकपमा ५ शतकसहित ९ खेलमा कूल ६ सय ४८ रन बनाएका छन् । अब अस्टे«लियाका डेविड वार्नरले आज हुने सेमिफाइनलमा सचिनको कीर्तिमान तोड्ने आसा गरिएको छ । वार्नरले अहिलेसम्म यो विश्वकपमा ६ सय ३८ रन बनाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्