एनआरएनए पाइसभास्को अध्यक्षमा बराल



दीपेन्द्र गजुरेल, स्पेन ।  गैरआवासीय नेपाली संघ स्पेनको क्षेत्रिय समिति पाईसभास्कोको दोश्रो अधिवेशबाट अध्यक्ष पदमा कमला बराल (कमलाकिशु) विजयी भएकी छिन् ।

आईबार भएको निर्वाचनमा बरालले १ सय ४१ मत सहित प्रतिद्धन्दी मालती पन्तलाई पराजित गरिन् भने पन्तको पक्षमा १ सय ४० मत प्राप्त भएको थियो । केन्द्रिय सदस्यमा कृष्णप्रसाद सिग्देल १ सय ५१ मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्धन्दी टंकनाथ बरालले १ सय २४ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा खगेन्द्र बम (जेकी) १ सय ५९ मत सहित विजयी भएका छन् । बमका प्रतिद्धन्दी सञ्जय सुवेदीले १ सय १५ मत मात्रै प्राप्त गरे । कोषाध्यक्षमा दावा गेल्जेन शेर्पा, महिला संयोजकमा उमा गुरुङ्ग र युवा संयोजकमा डेविट कार्की निर्विरोध भएका छन् । सदस्यहरुमा रमेश पण्डित, अञ्जना यादव, महेश घिमिरे, शिव सापकोटा, दामोदर निरौला, सविन पोख्रेल र बाबुराम सुवेदी कडा चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको नेतृत्वमा निर्वाचित बरालले पाईसभास्कोबासी नेपाली समुदायलाई एकताबद्ध बनाएर नेपाल र नेपाली समुदायको हकहितमा सबैपक्षलाई समेटेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । नवनिर्वाचित केन्द्रिय सदस्य सिग्देलले नेपाल समाचारपत्रसँग भने–‘केन्द्र र क्षेत्र वीचको समन्वयनमा नेपाल र नेपाली विचमा सहकार्य बढाउन हामी केन्द्रित हुनेछौ ।’

प्रतिक्रिया दिनुहोस्