सरिफविरुद्ध न्यायाधीशलाई ब्ल्याकमेलिङ गरिएको दाबी



लाहौर (एजेन्सी)
पाकिस्तान मुस्लिम लिग–नवाजकी नेता मरियम नवाजले आफना पिता पुर्व प्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर्याउन न्यायधिषलाई ब्ल्याक मेल गरिएको आरोप लगाएकी छन् ।

मरियमले यस सम्बन्धमा एक भिडियो पनि जारी गरेकी छन् । भिडियो नवाज सरिफको भ्रष्टाचार मुद्दामा फैसला दिएको अदालतका एक न्यायधिषले नवाज सरिफलाई एक मामिलामा दोषी ठहर्याउन उनलाई ब्ल्याक मेल गरिएको र उनी माथि दबाव दिइएको स्विकारिरहेको देखाइएको छ ।

लाहौरमा शनिबार एक पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै मरियमले उनका ६९ बर्षिय पितालाइ लिएर सम्पुर्ण न्यायिक प्रक्रियालाई गम्भिर रुपमा प्रभावित गरेको बताइन् । यस क्रममा पार्टीका अन्य वरिष्ठ नेताहरु पनि उपस्थित रहेका थिए ।

नवाज सरिफ अल अजिजिया स्टिल मिल मामिलामा भ्रष्टाचारको आरोपमा दोषि ठहर्याएपछि सन् २०१८ डिसेम्बर २४ देखि लखपत जेलमा बन्दी रहेका छन् । उनलाई यस मामिलामा सात बर्षको कारावासको सजाय सुनाइएको थियो ।

मरियमले जवाफदेही अदालत इस्लामाबादका न्यायधिष अर्सद मलिकले उनको पार्टीका समर्थक नसिर भट्टसँगको कुराकानीमा पुर्व प्रधानमन्त्री विरुद्ध फैसला दिन उनलाई अज्ञात ब्यक्तीहरुबाट ब्ल्याक मेल र बाध्य पारेको स्विकारेको दावी गरिन् ।

पाकिस्तानको सत्तारुढ इमरान खान सरकारले भिडियो ‘हेरफेर‘ गरी तयार गरिएको जनाएको छ । उसले उक्त भिडियोको फोरेन्सिक जाँच गराउन माग गर्दै यसलाई न्यायपालिकामाथिको हमला बताएको छ ।

प्रतिक्रिया दिनुहोस्